Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

Author Avatar साझा न्यूज 14th May 2023 , 11:27 AM
राप्तीमा भत्किएको तटबन्धन अझै मर्मत भएन

राँझा । बाँकेको राप्ती नदीमा भत्किएको तटबन्धन निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन् ।

राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा भत्किएको तटबन्धन वर्षा सुरु हुन लाग्दासमेत निर्माण नभएपछि स्थानीयवासी डुबानको त्रासमा बस्न बाध्य भएको स्थानीयवासी दुर्गाप्रसाद पाण्डेले बताए ।

उनका अनुसार बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पुर्‍याएको छ । तटबन्धमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गर्दै आए पनि निर्माण हुन सकेको छैन ।

भत्किएको तटबन्धन तत्काल मर्मत नगरिए त्यस आसपासका छ गाउँ डुबानमा पर्ने लक्ष्मणपुर बाँधपीडित सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए । उनले भने, ‘भत्किएको तटबन्धन तत्काल मर्मत गर्नुपर्छ ।’

बस्ती जोगाउन निर्माण भएको तटबन्धन भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए ।

उनका अनुसार विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्तीनदीको पुरानो तटबन्ध भत्किएका कारण राप्तीनदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडी पुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अति प्रभावित हुने भएकाले स्थानीय त्रसित रहेका छन् ।

यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्धलगायत सरोकारवाला निकायमा बारम्बार जानकारी गराए पनि मर्मत सम्भारको पहल नभएको उनले गुनासो छ ।

राप्ती सोनारी–७ फत्तेपुर र नरैनापुर–६ मा भत्केको राप्तीको तटबन्ध तत्काल मर्मत नभए वर्षात्मा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको यहाँका स्थानीय जनप्रतिनिधि बताउँछन् । वर्षा अगाडि तटबन्ध मर्मत नभएमा ठूलो जनधनको क्षति हुनुका साथै संघीय सरकारले लगानी गरेको अर्बौँको लगानी पनि डुब्ने नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए ।

नरैनापुर–६ मा करिब डेढ सय मिटर क्षेत्र मात्रै तटबन्ध मर्मत गर्नुपर्ने देखिएको छ । तटबन्धन मर्मत नभए सोनवर्षा गाउँ डुब्ने डर रहेको उनको भनाइ छ । राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र सङ्घीय सांसदहरूले पटक–पटक निरीक्षण तथा अवलोकन गरे पनि काम सुरु हुन सकेको छैन । सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको विषयमा आफूले सदनमा समेत कुरा उठाएको बताए ।

तत्कालका लागि भत्किएको तटबन्धन निर्माण गर्ने र अन्य स्थानमा पनि नियमित रूपमा तटबन्धनको काम सुरु गर्न आफूले सङ्घीय सरकारमा पहल गरिरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज