Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकाका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु

Author Avatar साझा न्यूज 15th May 2023 , 8:04 PM
कपिलवस्तु नगरपालिकाका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु

कपिलवस्तु १ जेठ
कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको छ । चालु आर्थिक बर्ष २०७९÷०८० देखि नै नगरपालिकाले नगरमा रहेको ५२ सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको हो । चालु आर्थिक बर्ष भित्र नगरले नीति तथा कार्यक्रममा पारित गरी बजेट समेट छुट्टाएर निःशुल्क शिक्षा लागु गरेको हो ।
नगर पालिकाका नगर प्रमुख सुदीप पौडेलले चालु आर्थिक बर्ष भित्र नै नगरका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरिएको बताए । यो कार्यक्रम लागु भएसंगे अब नगर भित्रका कुनै पनि सामुदायिक बिद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने उनले बताए । ‘अब देखि नगर भित्रका सबै सामुदयिक बिद्यालयमा निःशुल्क पठनपाठन हुनेछ’ उनले भने । बिद्यायले भर्ना, परिक्षा शुल्क, बिबिध लगायत कुनै पनि शीर्षकमा अब देखि शुल्न लिन पाउने छैनन ।
‘कुनै बिद्यालयले शुल्क लिएको थाहा पाइए कारबाही गछौ ’ उनले भने । निःशुल्क शिक्षा कार्यक्रम लागु गर्न नगरपालिकाले सामुदायिक बिद्यालयको अवस्था बारे अध्ययन समेत गरेको नगरपालिका शिक्षा इकाईका उप सचिव हरि प्रसाद ज्ञवालीले बताए । बिद्यालयले एक बर्ष सम्म लाग्ने खर्चको बिवरण समेत नगरपालिकामा उपलब्ध गराएको उनले बताए । सोही बिवरणका आधारमा निःशुल्क शिक्षा कार्यक्रम लागु गर्न ५२ बिद्यालयलाई ८२ लाख ५० अनदान समेत दिइएको ज्ञवालीले बताए ।
यस्तै भौतिक पुर्वाधार तथा मर्मत तर्फ १ करोड ३८ लाख निकाशा दिने तयारी गरिएको नगर शिक्षा शााखाका अधिकृत युवराज भुसालले बताए । निःशुल्क र अनिवार्य शिक्षाकै सन्दर्भमा नगरपालिकाले स्थानीय पाठ्यक्रम समेत निर्माण गर्ने तयारी गरेको उनले बताए ।
निशुल्क शिक्षा कै सन्दर्भमा नगर भित्र ६६ जना स्वयमसेवक शिक्षक समेत राखिएको र उनीहरुका लागि १ करोड ४४ लाख ६१ हजार समेत खर्च गर्ने गरिएको उनले बताए । शिक्षा कै सन्दर्भमा नगरले बार्षिक साढे ६ करोड जति लगानी गर्ने गरेको प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालले बताए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ अनुसार नै नगरपालिका अघि बढेको उनले बताए ।
बिद्यालय बाहिर रहेको केही बालबालिकालाई समेत बिद्यालयको पहुचमा ल्याई नगर भित्र अनिवार्य शिक्षा समेत लागु गर्ने तयारी गरिएको उनले बताए । उता नगर भित्र रहेको सरकारी बिद्यालयमा गुणस्तरीय शिक्षाकालागि नगर भित्रका सबै सामुदायिक बिद्यालयमा पिटी प्रार्थना कार्यक्रम समेत लागु भईसकेको छ ।
तौलिहवा स्थित बुद्धपदम माबिका प्रअ बावुराम भण्डारीले नगरपालिकाले बिगतको तुलनामा अहिले लगानी बढाउदै गएको बताए । उनले सबैको साझा प्रयासले सामुदायिक बिद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षालाइ प्रभावकारी बनाउदै लानु पर्ने बताए । यस अघि शिवराज नगरपालिकाले समेत निःशुल्क र अनिवार्य शिक्षा लागु गरेको छ । बुद्धभुमीले समेत लागु् गर्ने तयारीमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज