Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साकार भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

Author Avatar साझा न्यूज 17th May 2023 , 12:35 PM
साकार भएन ८३ वर्षीय कार्लोसको धौलागिरि चढ्ने सपना

म्याग्दी, जेठ ३ गते । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरियाको धौलागिरि शिखर चुम्ने १३ औं पटकको प्रयास पनि असफल भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल चढ्ने कार्लोसको यसपालीको सपना पनि अधुरो भयो ।

सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न कार्लोस एकमहिना अघि आधारशिविर पुग्नुभएको थियो । आधारशिविरमा रोकिनुभएका कार्लोस मौसममा सुधार आएसँगै केही दिन अघि ७ हजार दुईसय मिटर उचाईमा रहेको तेस्रो क्याम्पमा पुग्नुभएको थियो ।

‘‘कार्लोस सोरिया तेस्रो क्याम्पबाट शिखर चढ्दै हुनुहुन्थ्यो, अचानक उहाँको खुट्टा मर्कियो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरार्गाले भन्नुभयो,‘‘ कार्लोसको धौलागिरि आरोहण गर्ने १३ औं पटकको प्रयास सफल हुनसकेन । उहाँ आधार शिविर ओर्लिदै हुनुहुन्छ । त्यहाँबाट हेलीकप्टरबाट काठमाण्डौं ल्याउने तयारी गरेका छौं ।’’

गत वर्ष १२ औँ पटकको प्रयासमा पनि कार्लोस ७ हजार मिटरको उचाइमा पुगेर फर्किनुभएको थियो । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशक यता १३ औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेन ।

सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान राख्न कार्लोस यसपटक फेरी धौलागिरि आरोहण गर्न लाग्नुभएको थियो । कार्लोसको आरोहण दलको नेतृत्व मिङतेम्बा शेर्पाले गर्नुभएको थियो ।

सेभेन समिटका तर्फबाट यो सिजनमा २५ जना विदेशी आरोहीले धौलागिरिको आरोहण गर्न लागेका छन् । मंगलबार मात्र दुइजना पोल्याण्डका आरोहीले धौलागिरिको सफल आरोहण गरेका छन् ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको  व्यवस्थापनमा आरोहीहरु धौलागिरि आरोहणका लागि पुगेका छन् । उनीहरु ७ हजार दुईसय तिस मिटर उचाईमा रहेको तेस्रो क्याम्पमा पुगेका छन् । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ ।  यस सिजनमा २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले  आरोहणको  अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

भर्खरै प्रकाशित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

कपिलवस्तुका सीडीओ गौतमको सम्मानसहित बिदाइ

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

कपिलवस्तुमा गुडिरहेको बसमाथि ढुंगा खस्दा ४ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज