Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जङ्गली पशुपन्छीलाई पानी, किसानलाई सिँचाइ

Author Avatar साझा न्यूज 31st May 2023 , 5:04 PM
जङ्गली पशुपन्छीलाई पानी, किसानलाई सिँचाइ

तुलसीपुर, जेठ १७ गते । जङ्गलबीचमा पोखरी बनाइएपछि जङ्गली जीव जनावरलाई पानी र किसानलाई सिँचाइको सुविधा भएको छ । डिभिजन वन कार्यालय दाङ र दाङ उपत्यका वृहत् सिँचाइ आयोजनाले उपत्यकाभित्रका चार वटा पालिकाकामा जलाशय र पोखरी बनाउँदै आएको छ । डिभिजन वन कार्यालयले वनभित्रै पोखरी बनाउँदै आएको छ ।

डिभिजन वन कार्यालयले एक पालिका एक पोखरी र कहिले एक वडा एक पोखरी अभियानअन्तर्गत तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर र दंगीशरण गाउँपालिकामा यसै वर्ष मात्रै ६ वटा पोखरी निर्माण गरेको छ । गतवर्ष पाँच वटा पोखरी निर्माण गरिएको थियो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जङ्गली पशुपन्छीलाई गर्मीयाममा पानीका लागि र तल्लो तटीय क्षेत्रमा मुहान सुरक्षाका लागि पोखरी निर्माण अभियानकै रूपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले पोखरी निर्माणपछि गर्मीयाममा डढेलो नियन्त्रणका लागि समेत सहज भएको बताउनुभयो ।

पर्यावरणकर्मी डिल्लीबहादुर रावतले दाङ उपत्यकाका मरुभूमीकरणको निकै जोखिमयुक्त क्षेत्र भएकाले जलाशय, पोखरी निर्माणले दीर्घकालीनरुपमा देखिने समस्या समाधान हुने बताउनुभयो । उहाँले जलाशय निर्माणका कारण भूमिगत स्रोत र जैविक विविधतामा समेत सहयोग पुग्ने बताउनुभयो ।

जलाशय निर्माणसँगै जिल्लाको तल्लो तटीय क्षेत्रका कुवा, मुहानका स्रोतहरू गर्मीयाममा सुक्ने समस्या हट्दैगएको उहाँको भनाइ छ । दाङ उपत्यका बृहत् सिँचाइ आयोजना प्रमुख विराट ज्ञवालीले यस वर्ष मात्रै ८ वटा जलाशय निर्माण गरिएको र विगतमा ३५ वटा जलाशय उपत्यकाभित्र निर्माण गरिएको बताउनुभयो ।

जलाशय निर्माण भएपछि ३५ सय हेक्टर क्षेत्रफल जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुगेको बताउनुभयो । आर्थिक वर्ष २०८०–८१ को बजेटमा समेत जिल्लामा थप ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा गर्न रकम समेत व्यवस्था गरिएको छ ।

पकर्रे सामुदायिक वनका अध्यक्ष मुरलीधर केसीले यसैवर्ष जङ्गलबीचमा निर्माण गरिएको पोखरीबाट जीवजन्तुका साथै किसानलाई बाह्रै महिना सिँचाइ सुविधा पुगेको बताउनुभयो । उहाँले अघिल्ला वर्ष धानमा सिँचाइका लागि वर्षायाम कुर्नुपरे तापनि यसवर्ष पोखरीको पानीबाटै धानको ब्याड राख्न कुर्नुपर्ने समस्या हटेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज