Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिमाको रकम नपाएपछि तनहुँमा किसान आन्दोलित

Author Avatar साझा न्यूज 12th June 2023 , 10:22 AM
बिमाको रकम नपाएपछि तनहुँमा किसान आन्दोलित

तनहुँ, जेठ २९ गते । क्षति पुगेको बिमा रकम नपाएपछि तनहुँका पीडित किसान आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सदरमुकाम दमौलीमा विरोध प्रदर्शन गर्दै बिमा क्षतिको रकम उपलब्ध गराउने व्यवस्था मिलाइ दिन माग राखेका छन् ।

नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँमा आबद्ध किसानले आइतबार प्रदर्शन गरेका हुन् । विदेशी खसी बोका र खाद्यान्न आयात बन्द गर, कृषि र पशुपक्षीजन्य उत्पादनको बजार सुनिश्चित गर, बिमाको भुक्तानी समयमै दे, किसानमैत्री बिमा नीति लागू गर, किसानको समस्या समाधान गर, सबै उमेर र अवस्थाका पशुपक्षीको बिमा गर लगायतका माग राखेर किसानले पर्दशन गरेका हुन् ।  पटक पटक माग गर्दा पनि बिमा रकम नपाउने र बिमा गर्न पनि नमान्ने भएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बाख्रा पालक किसानको दुखेसो छ । उनीहरूले माग  नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारले बिमा कम्पनीलाई दिनु पर्ने भुक्तानी समयमा नदिएको भन्दै बिमा कम्पनीले क्षतिपूर्ति प्रदान नगरेकोले आन्दोलनमा उत्रिनु परेको नेपाल व्यावसायिक बाख्रा पालक महासङ्घ तनहुँका अध्यक्ष कुशल चन्द्र अधिकारीले बताउनुभयो । अधिकारी भन्नुहुन्छ, ‘‘तनहुँका बाख्रा पालक कृषकले करिब ८४ लाख रुपियाँ भुक्तानी पाएका छैनन् जेठ महिना दिनभित्रमा रकम प्राप्त नभए थप सशक्त रूपमा चरणबद्ध आन्दोलन गर्छौँ ।’’ नेपाल सरकारबाट पाउनु पर्ने बिमाको प्रिमियम शुल्क बापतको रकम नपाएको भन्दै बिमा बिमा कम्पनीहरूले पशुपक्षी तथा कृषि बालीको बिमा गर्ने र बिमाको दाबी भुक्तानी दिने दुवै कार्य बन्द गरेकोले कृषक मर्कामा परेको अधिकारीले बताउनुभयो ।

बिमा कम्पनीको यस्तो कार्यबाट पशुधन तथा कृषि बालीको बिमा हुन नसकी समग्र कृषि तथा पशु कृषि तथा पशुपालन व्यवसाय आर्थिक रूपमा असुरक्षित हुनु परेकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घका सदस्य चेतबहादुर थापाले बताउनुभयो । ज्ञापन पत्रमा बिमा कम्पनीहरुले बिमा गर्ने र दाबी भुक्तानी दिने कार्य बन्द गर्नु पूर्व नै विभिन्न माध्यमबाट सरकारी निकायहरूमा अनुरोध गरेको तथा सचेत गराएको भए पनि सोको सुनुवाइ नभएकोले आन्दोलनमा उत्रिनु परेको महासङ्घले जनाएको छ ।  किसानको बिमा रकम तत्काल उपलब्ध गराउन माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र प्रदान गरेका छन् । ज्ञापन पत्रमा नेपाल सरकारले बिमा कम्पनीहरूलाई दिनु पर्ने प्रिमियम शुल्क बापतको रकम अविलम्ब भुक्तानी दिई पशुपक्षी तथा कृषि बाली बिमा गर्ने र बिमा दाबी भुक्तानी दिने कार्य सुचारु गर्ने वातावरण निर्माण गर्नको लागि माग ज्ञापन पत्रमा गरिएको छ ।

ज्ञापन पत्रमा यस्तो विषम परिस्थितिलाई गंभिरता पूर्वक लिई सङ्कटमा रहेको कृषि तथा पशुपालन पेसा व्यवसायमा थप क्षति हुन नदिन आग्रह गरिएको छ । यसै गरी किसान बचाउनका लागि यो समस्याको निराकरण गर्न प्रधानमन्त्रीबाट आवश्यक सहजीकरण र मागर्दशन हुनमा आशा एवम् विश्वास व्यक्त गर्दछौ भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज