Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

Author Avatar साझा न्यूज 12th June 2023 , 1:17 PM
अन्नपूर्ण आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी

बेनी, जेठ २९ गते ।  बेलायतका पर्यटन व्यवसायी स्टोभ बेरीको टोलीले करिब दुई साता अवधि नर्थ अन्नपूर्ण पदयात्रा गरेर फर्कनुभएको छ । बेलायतमा माउन्टेन किङडम्स युके सञ्चालन गर्नुभएका बेरीले नेपालमा ३५ वर्षदेखि पर्यटक पठाउँदै आउनुभएको छ । नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रको पर्यटन सम्भावनाको खोजी गर्दै बेरी नेतृत्वको टोलीले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि पदयात्रा गर्दै आधार शिविर पुगेका हुन् ।

समुद्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्म पुगेको सो टोलीले नर्थ अन्नपूर्ण आधार शिविर पदयात्राका लागि सुरक्षित र उत्कृष्ट गन्तव्यका रुपमा रहेको निष्कर्ष निकालेको छ । नारच्याङ हुँदै आधार शिविर पुग्ने पदयात्राको अवधि छोट्टिएको सूचना पाएपछि ७४ वर्षिय बेरी आफ्नो कम्पनीका नेपाल प्रतिनिधिको साथमा आफँै पदयात्रा गर्दै आधार शिविर पुग्नुभएको थियो ।

नेपालका अन्य धेरै हिमाली पर्यटकीय ठाउँहरुमा पुगी सक्नुभएका उहाँले नर्थ अन्नपूर्ण पदयात्रा सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिनुभयो, “हामी यहाँ यदयात्राका लागि पर्यटक पठाउन कति सम्भव छ भनेर खोजी गर्न आएका थियौँ, यति छोटो दूरीको पदयात्रापछि नै हिमालको फेदीमा पुग्न सकिन्छ भनेर सोचेका पनि थिएनौँ, साँच्चीकै हामी अचम्बित भएका छौँ”, बेलायतका पर्यटन व्यवसायी बेरीले भन्नुभयो ।

बेरीको पर्यटन व्यवसायीकै टोलीमा सहभागी माउण्टेन लेजेन्ट प्रालिका प्रतिनिधि शेषकान्त शर्माले हिमालका प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटोलाई समेटेर पदमार्ग तयार भएकाले पनि यो पदमार्गको ऐतिहासिक महत्व खोज्दै विदेशी पर्यटकहरु आउन इच्छुक रहेको बताउनुभयो ।

“आधार शिविर पुग्ने पदमार्ग पनि सुरक्षित रहेछ, आधार शिविर पुगेपछि पनि प्रशस्त समथर फाँट भएकाले प्राकृतिक विपत्तीकोसमेत कम जोखिम देखिन्छ, यो ठाउँको मनोरम प्राकृतिक दृश्यको प्रचारप्रसार भयो भने यहाँ पर्यटकको आगमन ह्वात्तै बढ्न सक्छ । सोहीअनुसारका पर्यटन पूर्वाधारको तयारीमा जुट्नुपर्ने देखिन्छ”, शर्माले भन्नुभयो । उहाँले पदमार्गमा होटल सुविधा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

नारच्याङदेखि ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ भने हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गसँगै पर्यटकका लागि ठाउँ ठाउँमा आश्रयस्थललगायतका पूर्वाधार निर्माण भएपछि म्याग्दीका पर्यटन व्यवसायीसमेत यस क्षेत्रको प्रवद्र्धनमा जुटेका छन् । अन्नपूर्ण प्रवेशद्वारका रुपमा रहेको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीका पर्यटन व्यवसायी अमृतमान शेरचन, राजु हमाललगायतको टोलीलेसमेत स्थलगतरुपमा आधार शिविर क्षेत्रसम्म पुगेर पर्यटन सम्भावनाको खोजी गरेका हुन् । तातोपानीमा पर्यटकहरुको लागि होटल सञ्चालन गर्दै आउनुभएका शेरचनले यात्रा अवधि छोटो दूरीमा भएकाले यस क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै २०६८ सालमा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । पदमार्गलगायतका पूर्वाधारहरुको निर्माण भएपछि गाउँपालिकाले पदमार्ग र आधार शिविरको प्रवद्र्धन अभियान थालेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले यस क्षेत्रको प्रचारप्रसार तथा थप पर्यटन पूर्वाधार बनाउन पालिकाले आवश्यक पहल थालिसकेको जानकारी दिनुभयो ।

नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्न मुस्ताङको टुकुचे हुँदै नारच्याङको भुसकेटमेला निस्कने परम्परागत वाटो जोखिमपूर्ण भएपछि नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको अगुवाईमा २०६८ सालमा स्थानीयकासीको टोलीले चार दिन लगाएर आधार शिविर पुगेपछि अहिलेको पदमार्गको पहिचान भएको थियो । स्थानीय १५ जनाको टोलीले ६२ ठाउँमा अस्थायी साँघु बनाउँदै खोला वारपार गर्दै आधार शिविर पुगेर फर्किएका थिए ।

सन् २००५ मा अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोग हेलिकप्टरमार्फत नारच्याङ आएर यो पदमार्गको विकासमा चासो राखेपछि स्थानीयबासीले सक्रियता बढाएका थिए । २०६७ सालमा अन्नपूर्ण आधार शिविरसहित भुरुङतातोपानी र रुप्से झरनालाई प्रचारप्रसारका लागि अन्नपूर्ण तातोपानी रुप्से महोत्सवसमेत आयोजना गरियो । पछि पर्यटन मन्त्रालयमार्फत बजेट विनियोजन हुन थालेपछि नारच्याङ गाउँदेखि छोटेपा हुँदै हुमखोला क्षेत्रमा पैदलमार्ग बनाउन सुरु गरिएको थियो । अहिले जलविद्युत् कम्पनीले यस क्षेत्रमा सडकको पहुँच पु¥याइसकेका छन् ।

विसं २०७६ मा गाउँपालिकाले नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव समेत आयोजना गरेको थियो ।  अहिले अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण कार्य सकिएको छ भने ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले पटक–पटक गरेर रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ४० लाख बढी लगानी गरिसकेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिनुभयो । पदमार्गअन्तर्गत आधार शिविर, धरमढुङ्गा, भुसकेटमेला, गुफाफाँट, संधिखर्क, हुमखोला र छोटेपामा आश्रयस्थल निर्माण भैसकेको छ । आधार शिविर, भुसकेटमेला र गुफाफाँटमा थप आश्रयस्थल बनाउन स्थानीयबासीले माग गरेका छन् ।

अन्नपूर्ण आधार शिविर अन्य आधार शिविरभन्दा समथर भागमा रहेको छ । वरिपरि अन्नपूर्ण, अन्नपूर्ण फ्रेन्क, तिलिचो पिक, वराहशिखर र नीलगिरि साउथ हिमालबाट घेरिएर बनेको आधार शिविरको उपत्यका मनमोहक छ । हिमालको फेदीमा रहेको विशाल पञ्चकुण्ड ताल यहाँको थप आकर्षण हो । करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड तालमा आकासे नीलो रंगको पानीको दृष्यले पर्यटकहरुलाई लोभ्याउने गर्छ ।

आधार शिविरमा पुगेपछि पर्यटकहरुले एकै ठाउँबाट फन्को मारेर दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न पाउँछन् । आफ्नै शिरमा हिमाल देख्न पाउँदा पर्यटकहरु फुरुङ्ग हुन्छन् । पदमार्गमा पर्ने फुतफुते झरना यहाँको अर्को मुख्य आकर्षणको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । आधार शिविरकै पञ्चकुण्ड तालको पानी बगेर आउने मिस्त्रीखोलाको पानीले पहाडलाई काटेर झर्ने भएकाले फुतफुते झरना मनमोहक देखिन्छ ।

यस पदमार्गमा पञ्च झरना, रातो झरनासँगै पहाड नै प्वाल परेको देखिने आकासे गुफा समेत पर्यटकको आकर्षणका रुपमा रहेको सुवेदीले जानकारी दिनुभयो । यस पदमार्गको हुमखोलादेखि भुस्केटमेला क्षेत्रसम्मको फाँटमा फुल्ने फुच्चे गुराँसका रुपमा परिचित रोडोडेन्ड्रन कोवानियम प्रजातिको गुराँसको फूल पर्यटकको थप आकर्षण हो । नेपालमा मात्रै पाइने रैथाने गुराँसको प्रजातिका रुपमा रहेको गुराँसको फूल पदमार्गको दायाँबायाँका पाखामा प्रशस्तमात्रामा भेटिन्छन् ।

पदमार्गमा लौठसल्ला, भोजपत्रका हिमाली रुख विरुवासँगै यार्सागुम्बालगायतका जडीबुटी, नाउर, झारल, मृग, हिउँचितुवा पुच्छर नभएको लिँडे मुसा, डाँफे, मुनाललगायतका बन्यजन्तु र पंक्षीहरुहरुलाई समेत अवलोकन गर्न सकिने स्थानीय पर्यटन व्यवसायी तेज गुरुङ बताउनुहुन्छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट हुमखोलासम्म सवारी साधन र २२ किलोमिटर पैदलयात्रामा सजिलै पुग्न सकिने अवस्था बनेको र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले प्रचारप्रसार र थप पूर्वाधार निर्माणमा पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिनुभयो । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण हिमालको आधार शिविर पुग्न भने सबैभन्दा सहज बनेपछि अहिले यस क्षेत्रमा देशका विभिन्न ठाउँबाट अवलोकन र भ्रमणको लागि आउनेहरु बढेका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा होटल, खानेपानी, सञ्चार र शौचालयको अभाव छ । यस पदमार्गको हुमखोलासम्म सामान्य होटल रहेपनि त्यहाँदेखि आधार शिविरसम्मको क्षेत्रमा कुनै पनि होटल सुविधा छैन । होटल नहुँदा आरोहण र भ्रमणमा जाने पर्यटकले खाना र बसोबासको बन्दोबस्तको सामग्री आफैँ बोकेर लैजानुपर्ने बाध्यता छ ।

पदमार्ग, आश्रयस्थललगायतका पूर्वाधार निर्माणसँगै आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको अवस्थामा आधार शिविर क्षेत्रमा खानेपानी र शौचालयको अभाव रहेको नारच्याङका वडा अध्यक्ष लोक बहादुर फगामीले बताउनुभयो । पर्यटकको आपतकालिन आश्रयका लागि आश्रयस्थलसम्म निर्माण भएको भएपनि पर्यटक पाल राखेर बस्ने मुख्य आधार शिविरमा खानेपानी र शौचालयको अभाव रहेको उहाँको भनाइ छ ।

आश्रयस्थल रहेको आधार शिविर नजिकै रहेको पञ्चकुण्ड तालकै पानीलाई मुख्य आधार शिविरमा बोकेर पु¥याउने गरिएको छ । आरोहणका लागि आउने पर्यटकहरुलाई पालमा राखेर बन्दोबस्त मिलाउँदै आउनुभएका सेभेन समिट ट्रेक्सका रवि तामाङले दैनिक रुपमा एक घण्टा लगाएर तालबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले यस आधार शिविर र पदमार्गको अर्को मुख्य समस्या सञ्चारको पहुँच नभएको बताउनुभयो ।

पदमार्गको  हुमखोला क्षेत्रसम्म सञ्चारको पहुँच भए पनि त्यहाँदेखि आधार शिविरसम्म नै कुनै पनि सञ्चारको पहुँच छैन् । आपतविपत्मासमेत सूचना प्रवाह गराउन घण्टौँ पैदल हिँडेर मोवाइल फोन लाग्ने ठाउँसम्म पुग्नुपर्ने बाध्यता रहेको पदप्रदर्शकहरु बताउँछन् । पदमार्गअन्तर्गत रहेको फुतफुते झरना नजिकको झोलुङ्गे पुल जीर्ण बनेको छ भने रातोझरना र आधार शिविरको पञ्चकुण्ड तालको पानी बगेर बनेको मिस्त्रीखोलामा झोलुङ्गे पुल बनाउन आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज