Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रौतहटका इँटा उद्योग बन्द हुँदै

Author Avatar साझा न्यूज 12th June 2023 , 4:59 PM
रौतहटका इँटा उद्योग बन्द हुँदै

रौतहट, जेठ २९ गते । उत्पादन लागतभन्दा कम मूल्यमा पनि इँटा विक्री हुन छोडेपछि रौतहटका इँटा उद्योग धमाधम बन्द भएका छन् । दुई वर्षअघि एक सय ६३ वटा उद्योग सञ्चालनमा रहेको यस जिल्लामा अहिले ४६ वटा मात्र सञ्चालनमा छन् ।

कच्चा सामाग्रीको मूल्य वृद्धि, जग्गा र उपयुक्त माटोको अभाव, मजदुरको अभाव, आर्थिक मन्दी जस्ता कारणले उत्पादन खर्चमा वृद्धि हुनु र लागत मूल्यभन्दा कम मूल्यमा विक्री गर्न खोज्दा पनि इँटा विक्री नहुनाले भट्टा धमाधम बन्द हुन थालेको इँटा उद्योग संघ रौतहटका अध्यक्ष रामविनोद जयसवालले बताउनुभयो ।

स्तरीय इँटा उत्पादन गर्न प्रति इँटा १३ रुपियाँ लागत लाग्ने जानकारी दिनुहुँदै उहाँले बजारमा सो इँटा ११÷१२ रुपियाँ सम्ममा पनि विक्री नभएपछि इँटाका लगानीकर्ता निराश बनेका बताउनुभयो । इँटा पोल्न आवश्यक पर्ने इन्धन ‘कोइला’ अमेरिका र इन्डोनेसियाबाट आयात गर्नुपर्ने बाध्यताले गर्दा भट्टासम्म आइपुग्दा प्रति किलो ४६ रुपियाँ लागत पर्न जान्छ । भारतले नेपाललाई कोइला निर्यात नगर्दाको परिणामस्वरुप तेश्रो राष्ट्रबाट महङ्गोमा खरिद गर्नु परेकोले पनि इँटाको उत्पादन लागत वृद्धि भएको गुजरा नगरपालिका–६ मा रहेको गिरी इँटा उद्योगका सञ्चालक पवन गिरीको गुनासो छ ।

कोइलाको मूल्य बढ्नु तथा समयमा उपलब्ध नहुनु, बजार मागमा गिरावट आउनु, उधारोमा बिक्री भएको इँटा तोकिएको समयमा भुक्तानी नपाउनु जस्ता समस्या पनि उद्योग बन्दको कारक तत्व भएको इँटा उद्योग संघ रौतहटका सचिव मोहन साहको तर्क छ ।

चन्द्रपुर नगरपालिका–४ का इँटा व्यवसायी राजेश बञ्जाराले आउँदो सिजनमा बढीमा एक दर्जन उद्योग मात्र सञ्चालन हुनसक्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार घाटा नै सहेर विक्री गर्न खोज्दा पनि इँटा विक्री नभएपछि भट्टा बन्दा गर्नुको विकल्प छैन । भट्टा बन्द भएपछि माटो निकालिएको खाडल पुरेर धान खेत बनाउने तयारीमा लागिएको छ ।

चालु आर्थिक वर्षमा रौतहटको राजपुर नगरपालिकामा रहेको बेस्ट इँटा उद्योग, गुजरा नगरपालिका भवानीपुरको आजाद, विनायक, गिरी इँटा उद्योग लगायत जिल्लाका दर्जनौं उद्योग बन्द भएका छन् । सरकारले बजेटमा इँटा व्यवसायमा देखिएको समस्यालाई खासै सम्बोधन नगरेको व्यवसायीको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन : सभापति थापा

भर्खरै प्रकाशित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्रका एआईजी दाहाल निलम्बित

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

बिलमा बिजक नम्बर नभएको ५२ लाख रुपैयाँभन्दा बढीको रेडिमेड सर्ट बरामद

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राम अवतार यादव

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

लम्सालद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज