Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भैरहवामा थपियो अर्को पाँचतारे होटल

Author Avatar साझा न्यूज 29th June 2023 , 2:50 PM
भैरहवामा थपियो अर्को पाँचतारे होटल

भैरहवा, असार १४ गते । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रूपन्देहीको भैरहवामा पाँचतारे होटल थपिएको छ । साढे दुई अर्व लगानीमा निर्माण गरिएको सिद्धार्थ विलासा होटलको सञ्चालन सुरु भएको छ । रुपन्देहीमा यो तेस्रो पाँचतारे होटल हो ।

यसअघि पाँचतारे होटलको रुपमा टाईगर पार्टी प्यालेश र पवन इन्टरनेशनल सञ्चालनमा छन् । सिद्धार्थ बिजनेस ग्रुपले २५ वर्षअघि कैलालीमा सामान्य खाजा पसल सञ्चालन गरेर व्यावसायिक यात्रा सुरू गरेको थियो । भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा –८ मा पाँचतारे होटल निर्माण गरिएको छ ।

चार विघा क्षेत्रफलमा फैलिएको होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विटगरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन् । समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टफ रेस्टुरेन्ट तथा स्वीमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, एउटा सानो र अर्को ठूलो सभा हल, तीन वटा कन्फरेन्स हल तथा क्यासिनो छ ।

न्यौपानेका अनुसार होटलको पूर्ण सञ्चालनपछि तीन सयजनाभन्दा बढीले रोजगारी पाउने छन् । सुरूमा दुई वर्षमै निर्माण सक्ने र एक अर्ब रूपियाँ बढी लागत अनुमान थियो । कोरोना महामारीका कारण योजनाअनुसार काम भएन । ढिलाई, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको न्यौपानेले बताउनुभयो ।

ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले सिद्धार्थ होटल तथा रिसोर्टको नाममा भैरहवासँगै, चितवनको सौराहा, दाङको लमही र विराटनगरमा पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन सुरु गरिसकिएको जानकारी दिनुभयो । भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उहाँको भनाइ छ । दाङको लमहीमा पनि चारतारे होटल सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो ।

भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ । चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको संख्या ३० पुग्नेछ । होटल मात्र १९ वटा हुने छन् ।

समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यावसायिक यात्रामा पाँचतारे होटल भने पहिलो पटक सञ्चालन गरेको हो । बाह्य पर्यटकलक्षित तीनतारे र चारतारे होटल भने यसअघिदेखि नै सञ्चालन गरिरहेको छ । कटेज तथा रेस्टुरेन्ट व्यवसायबाट यात्रा विस्तार गरेको समूहले बुटवलमा सिद्धार्थ कटेज तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । समूहले हस्पिटालिटीसँगै विभिन्न सेवा तथा उत्पादनको क्षेत्रमा पनि लगानी गरिरहेको छ ।

‘ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दैआएका छौं’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज