Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सहमतिपछि कर्णाली प्रदेश सभाको अवरोध हट्यो

Author Avatar साझा न्यूज 2nd July 2023 , 3:41 PM
सहमतिपछि कर्णाली प्रदेश सभाको अवरोध हट्यो

सुर्खेत, असार १७ गते । बजेटमाथि असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रदेश सभा बैठकमा अवरोध हटेको छ । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति जुटाएको हो ।

एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै गएको बुधबार प्रदेश सभाको बैठक अवरुद्ध गरेपछि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । बिहीबार बैठक नै नबसी आइतबारसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको थियो । आइतबार बसेको सर्वदलीय बैठकमा सहमति भएपछि प्रदेश सभाको बैठक बसेको हो ।

आइतबार सभामुख नन्दा गुरुङ्ग, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कंडेल, नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा बसेको सर्वदलीय बैठकले सातबुँदे निर्णय गरेको छ ।

एमालेले बजेटका विषयमा ध्यानाकर्षण गराएका विषयमा सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । सरकार र प्रमुख प्रतिपक्षदलबीच भएको सहमतिमा १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरु कार्यान्वयन नगर्ने, १५ लाखभन्दा माथिका योजनाहरु विनियोजन गर्दा प्रदेश सभा सदस्यहरु र स्थानीय तहले मागेका योजनामा रकम विनियोजन गर्न प्राथमिकता दिने र १५ लाखभन्दा कम रकमका योजनामा विनियोजन भएको रकमको हकमा प्रतिपक्ष दलसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।

यस्तै, सशर्त नाममा सङ्घीय सरकारबाट साना योजनामा रकम विनियोजन भएकोमा निश्चित मापदण्डको आधारमा मात्र सशर्त योजनामा रकम विनियोजन गर्न सङ्घीय सरकारलाई प्रदेश सरकारमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।

कार्य सम्पन्न भएको र दोहोरो रकम विनियोजन भएका योजनामा विनियोजित रकम अध्ययनपछि मात्र कार्यान्वयन गरिने व्यवस्था मिलाउने र सडक भवन निर्माणका योजनाको हकमा ३० लाख रुपियाँ विनियोजन भए उक्त आयोजना कार्यान्वयन नगर्ने व्यवस्था मिलाउने सहमति भएको छ । सहमतिअनुसार कार्यान्वयनका लागि जिल्लामा अख्तियारी पठाउने सर्वदलीय बैठकबाट निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनी गुरुयोजना : अठचालिस वर्षदेखि अधुरै

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

लुम्बिनीमा अर्थ मन्त्रालयको निमित्त सचिवको जिम्मेवारी पौडेललाई

भर्खरै प्रकाशित

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

बिटौरी जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश स्वीकृत

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

व्यासका पुरातात्विक सम्पदाको अभिलेखीकरण गरिँदै

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

स्वर्गीय शरदकुमार गौचनको योगदान स्मरण गर्दै कपिलवस्तुका निर्माण व्यवसायीले गरे श्रद्धाञ्जली अर्पण

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

कृषकलाई सिँचाइ सुविधा उपलब्ध गराउन अहोरात्र खटिनेछु’ : अध्यक्ष मोहन शर्मा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज