Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लक्षित वर्गको बजेट असारे गोष्ठीमा स्वाहा

Author Avatar साझा न्यूज 5th July 2023 , 10:32 AM
लक्षित वर्गको बजेट असारे गोष्ठीमा स्वाहा

बैतडी, असार २० गते ।  बैतडीका स्थानीय तहले लक्षित वर्गका लागि विनियोजित रकम असार महिनाभर विभिन्न होटलमा सभा, गोष्ठी र तालिम आयोजना गरी स्वाहा पारेका छन्। यसको उदाहरण पाटन र दशरथचन्द नगरपालिका पनि हुन्।

सो पालिकाले लक्षित वर्गका लागि विनियोजन गरेको ५० लाख रुपियाँ होटलमा तालिम चलाएर सकेको छ। दशरथचन्द नगरपालिकाले दलितका लागि विनियोजित २८ लाख रुपियाँ कहाँ खर्च गर्ने भन्ने कुराको टुङ्गो लगाउन नसक्दा फ्रिज हुने भएको छ।

पाटनले दलित, मुक्त हलिया र जनजातिका लागि विनियोजित रकम असार ११ गतेदेखि १४ गतेसम्म होटलमा कार्यक्रम चलाएर खर्च गरेको छ भने एकल महिला र अपाङ्गता भएका व्यक्तिको रकम असार ७ गतेदेखि ११ गतेसम्म तालिम र गोष्ठीमा खर्च गरेको पाइएको छ।

दलित समुदायको पेसा व्यवसायलाई टेवा पुग्ने कुनै पनि कार्यक्रम नगरेको सिगास गाउँपालिका–२, का स्थानीय जन चर्मकारले बताउनुभयो। असारको महिना लागेपछि लक्षित वर्गको बजेट गोष्ठी र तालिममा सक्ने परिपाटी बसेको उहाँले गुनासो गर्नुभयो।

लक्षित वर्गको बजेट चिया, बिस्कुट र मासु भातमा सक्नु भनेको निकै दुःखको कुरा भएको दलित अगुवा टेक विश्वकर्माले बताउनुभयो। दलित र अपाङ्ग व्यक्तिको सीप विकासका लागि छुट्याइएको बजेट लक्षित वर्गलाई समेत जानकारी नदिई खर्च हुने गरेको पाइन्छ।

महिलालाई डिजे माइक वितरण

दशरथचन्द नगरपालिकाले महिला लक्षित कार्यक्रमको रकमे खेलौना बनाउने तालिममै खर्च गरेको छ भने सुर्नया गाउँपालिकाले महिलालाई नाचगान गर्न डिजे माइक र कुर्सी किनेर खर्च गरेको छ। दशरथचन्दमा दलितका लागि विनियोजित रकम भने खर्च हुन सकेको छैन।

सुर्नयाले नाचगान गर्न महिलाका लागि डिजे माइक र कुर्सी किनेर दिए पनि दलितका पेसा व्यवसायलाई टेवा पुग्ने बजेट नदिएको दलित अगुवा जयराम लुहारले बताउनुभयो। यहाँका चार नगरपालिका, छ वटा गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडा रहेका छन्। २०७८ सालको जनगणना अनुसार दुई लाख ४४ हजार ४०० सयमध्ये ५१ प्रतिशत महिला र कुल जनसङ्ख्यामध्ये दलितको जनसङ्ख्या करिब ५५ हजार रहेको छ। तर, यहाँ दलित र महिला तथा अपाङ्ग समुदायलाई बेवास्ता गरिँदै आएको गुनासो सम्बद्ध अधिकारीको छ।

दलितको पेसा व्यवसाय सङ्कटमा

स्थानीय सरकारले दलित समुदायको सिप तथा पेसा व्यवसायलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्न नसक्दा परम्परागत आरन, बाँस र चोयाबाट बन्ने मौलिक काष्ठकला सङ्कटमा परेको छ। घर घरमा प्रयोग हुने मौलिक कलासमेत हराउँदै गएको छ। वड जातिको काष्ठकला हराउन थालेको दशरथचन्द नगरपालिका–४, बैतडीका महेश वडले बताउनुभयो।

प्राविधिक शिक्षामा रकमको माग 

स्थानीय तहले असारको महिनामा गोष्ठी र तालिम चलाएर बजेट सक्नुभन्दा दलित, महिला, जनजाति र अपाङ्गता भएका व्यक्तिलाई प्राविधिक शिक्षा पढाउन प्रोत्साहन दिनुपर्ने दलित अगुवा राजुराम भुलले बताउनुभयो। उहाँले स्थानीय सरकार गठन भएदेखि दलितलाई प्राविधिक शिक्षा पढाउनुपर्ने माग राख्दै आएको भए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस

भर्खरै प्रकाशित

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज