Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक सय सैँतिस महिला घरमै सुत्केरी

Author Avatar साझा न्यूज 9th July 2023 , 9:59 AM
एक सय सैँतिस महिला घरमै सुत्केरी

सुर्खेत, असार २४ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला स्वास्थ्य उपचार सेवाको दृष्टिले निकै सुगम मानिन्छ। प्रदेश अस्पतालसहित दुई वटा ठुला सरकारी अस्पताल, ४७ वटा स्वास्थ्य चौकी, ४५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २५ वटा प्रयोगशाला रहेका छन्।

कुल ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन। एक वटा एक स्वास्थ्य संस्था रहेका छन् तर आर्थिक वर्ष २०७९/८० मा १३७ जना महिला घरमै सुत्केरी भएको पाइएको छ। स्वास्थ्य संस्थामा सुरक्षित रूपमा प्रसूति गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि प्रदेश राजधानी भएको जिल्लामा समेत त्यो जनचेतना पुग्न सकेको छैन। जनस्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले १३७ जना महिला घरमै सुत्केरी भएको देखाएको छ।

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा विशेष गरी ग्रामीण र दुर्गम पालिकामा घरमै सुत्केरी हुने पाइएको छ। पश्चिमको पालिका चौकुनेमा सबैभन्दा धेरै ५१ जना महिला घरमै सुत्केरी भएका छन्।

त्यसपछि भेरीगङ्गा नगरपालिकामा २२ जना, पञ्चपुरी नगरपालिकामा २० जना वराहताल गाउँपालिकामा १६ जना महिला घरमै सुत्केरी भएका छन्। यद्यपि प्रदेश अस्पतालसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा १३ जना महिला घरमै सुत्केरी भएको सो कार्यालयले जनाएको छ। सो कार्यालयका प्रतिनिधि उदय बिसीले सो अवधिमा पाँच वर्षमुनिका ५१ जना बालबालिका र दुई जना आमाको पनि मृत्यु हुन पुगेको बताउनुभयो।

घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ भन्ने जान्दा जान्दै पनि लापरबाही, हेलचेक्र्याइँले गर्दा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै रहेको उहाँले जनाउनुभयो।

उहाँले सबै सुत्केरीलाई स्वास्थ्य संस्थामा प्रसूति गराउने लक्ष्य भए पनि पूरा गर्न नसकिएको दुःखेसो पोख्नुभयो। यसमा पनि दुर्गम पालिकाका बालबालिका नै पाँच वर्ष नपुगी मृत्यु भएको छ। सबैभन्दा धेरै वराहताल गाउँपालिकामा १५ जना, चौकुने र सिम्ता गाउँपालिकामा ११/११ जना बालबालिकाको मृत्यु भएको उहाँले जनाउनुभयो।

यति मात्र होइन, सुर्खेतमा २० वर्षमुनि सुत्केरी हुनेको सङ्ख्या २१ प्रतिशत छ। २० वर्ष नपुगी बिहे गर्नु हुँदैन भनिए पनि सुर्खेतमा २० वर्षमुनि नै सुत्केरी हुने २१ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

सो कार्यालयका प्रमुख गणेशभक्त गौतमले बिहे नगर्ने उमेरमा सुर्खेतमा सुत्केरी हुने चलन रहेको बताउनुभयो। उमेर नपुग्दै सुत्केरी भएमा महिला तथा शिशुको स्वास्थ्य जोखिममा पर्ने उहाँको भनाइ छ। यस्ता विषयमा थप कार्यक्रम गर्नुपर्ने र ग्रामीण तहसम्म जनचेतनाको विकास गराउनुपर्ने जिम्मेवारी बढेको उहाँले जनाउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज