Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह

Author Avatar साझा न्यूज 9th July 2023 , 4:01 PM
मुक्तिनाथमा धार्मिक ज्ञान सप्ताह

म्याग्दी, असार २४ गते । हिमालपारिको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ नेपाल मात्र नभएर विश्वमै हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिन्छ । त्यही हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा भारतको दिल्लीदेखि आएका तीन सय जनाको टोलीले श्रीमद्भागवत सत्सङ्ग भूषण ज्ञान यज्ञ सुरु भएको छ ।

बिहीबारदेखि सुरु भएको सप्ताहका लागि भारतीय जनता पार्टीका विधायक नानुभाइ वानानीसहित तीनसय जना भारतीयको टोलीले मुक्तिनाथको रानीपौवामा धार्मिक यज्ञ सञ्चालन गरेको छ ।

नीलकण्ठ ट्राभल गुजरात, सुरतको आयोजनामा मुक्तिनाथ क्षेत्रमा गरिएको श्रीमद सत्सर्गभुषण सप्ताह ज्ञान यज्ञले विश्व शान्ति र धार्मिक महत्त्व समेत दर्साउने नीलकण्ठ ट्राभलका सञ्चालकमा दीपक परभार र निमेश परभारको भनाइ छ ।

भारतीय ट्राभलको आग्रहमा नेविरा होलिडेज पोखरा कास्कीले सप्ताहको व्यवस्थापकीय जिम्मा लिएको छ । नेपाली टोली अन्तर्गत नेविरा होलिडेजले नेपालको व्यवस्थापन निकै उत्कृष्ट तवरले गरेको सप्ताह कार्यक्रम सञ्चालक दीपक परभारले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिर परिसरमै सप्ताह आयोजना गर्ने लक्षसहित भारतीय टोली आएको भए पनि मन्दिर क्षेत्रभित्र स्थान अभाव भएको कारणले गर्दा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ पुराङ रानीपौवास्थित पुराङगाउँ सभाहलमा सप्ताह सञ्चालन भइरहेको सञ्चालक परभारको भनाइ छ ।

धार्मिक सप्ताह कार्यक्रममा भारतको बीएपीएस दिल्ली अक्षरधामका जसमत भाइ डाँफो टोलीसँगै मुक्तिनाथ आइपुग्नुभएको छ । धार्मिक यज्ञको प्रमुख वाचनकर्ताका डा. प्रभुचरणदाश स्वामी रहनुभएको छ । साथै उहाँलाई दर्शनदाश स्वामी, पूर्ण पुष्पदाश स्वामी र कृष्णचरण दाश स्वामीले साथ दिइरहनुभएको छ ।

भुक्तीक्षेत्र भगवान् विष्णुले ध्यान गर्नुभएको मान्यता छ । विष्णु भगवान् मान्ने हिन्दुधर्म भित्रको स्वामीनारायण सम्प्रदायका लागि मुक्तिनाथ क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ । स्वामीनारायण सम्प्रदाय हिन्दु धर्मभित्रको सबैभन्दा धनी सम्प्रदाय रहेको मानिन्छ ।

स्वामीनारायण सम्प्रदायका संस्थापक स्वामीले हिमालयको बाटो गरेर मुक्तीनाथमा आएर एक खुट्टाले उभिएर चतुर्मास सम्पन्न गरेर सिद्धि प्राप्त गर्नुभएको विश्वास रहेको छ । आफ्नो सम्प्रदायको संस्थापक स्वामीले मुक्तिनाथमा आएर तपस्या गरेर सिद्धि प्राप्त गरेको कारणले स्वामीनारायण समुदायको विश्वकै सबैभन्दा ठुलो र महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथलाई मान्ने गरेको मुक्तिनाथ विकास कोषका कार्यालयसचिव रविन सुवेदीले बताउनुभयो ।

स्वामीनारायण सम्प्रदायका भक्तजन नै मुक्तिनाथमा पूजाअर्चनाका लागि अधिक आउने उहाँको भनाइ छ । सोही सम्प्रदायको तीन सयभन्दा धेरै टोलीले अहिले मुक्तिनाथमा धार्मिक यज्ञ सञ्चालन गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज