Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादी केन्द्रले भन्यो- सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

Author Avatar साझा न्यूज 12th July 2023 , 12:06 PM
माओवादी केन्द्रले भन्यो- सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिङ्गो पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टीका महासचिव देवप्रसाद गुरुङले आज शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएका छन् ।

उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन् भनेका छन् । उनले दिवङ्गत दाहाल आफ्ना योगदानमार्फत चिर कालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिङ्गो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिङ्गो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्य धारणका लागि आम जनसमुदायमा अपिल गर्दछौँ ।’

माओवादीका सल्लाहकार दाहालको आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो । विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा अध्यक्ष दाहालसँग विवाह भएको थियो ।

विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् । पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उहाँ पार्किन्सनलगायत रोगबाट पीडित थिइन् ।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन्। सल्लाहकार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११:०० बजेदेखि १:०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिने र अपराह्न २:०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज