Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रत्न मन्दिरको सबै कक्ष हेर्न पाउनुपर्ने माग

Author Avatar साझा न्यूज 19th July 2023 , 4:42 PM
रत्न मन्दिरको सबै कक्ष हेर्न पाउनुपर्ने माग

लेखनाथ, साउन ३ गते । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ । आन्तरिक पर्यटकले सबै कक्षको अवलोकन गर्न पाउनुपर्ने माग गरेका छन् ।

राजा महेन्द्रले आफ्नी रानी रत्नाको नाममा २०१५ सालमा यो दरबार बनाएका हुन् । यो दरबारमा चीनका प्रधानमन्त्री, बेलायतकी महारानीजस्ता विशिष्ट व्यक्तित्व आएर आश्रय लिनुभएको थियो । दरबारभित्र बैठक कक्ष, राजारानी शयनकक्ष, शाही नातेदारका शयनकक्षहरु र डाइनिङ हल गरी ११ कोठा छन् ।

टिकट काटेर रत्न मन्दिर हेर्न पुगेकाहरु दरबारको भित्री भागमा प्रवेश नपाउँदा खिन्न हुनेगरेको स्थानीयको बुझाइ छ । पोखरा, गगनगौडाका सुमनराज ढकाल हालसालै खुलेको दरबार हेर्न त्यहाँ पुगेको बताउनुभयो । बाहिर राम्रै भए पनि भित्री कक्षसम्म हेर्न नपाएको उहाँले बताउनुभयो ।

चितवनबाट पोखरा घुम्न आउनुभएका शशाङ्क न्यौपानेले पनि रत्न मन्दिरबारे सुनेर यहाँ आएको बताउनुभयो । एक सय रुपियाँको टिकट काटेर भित्र पसे पनि दरबारको बाहिरी भाग, बगैंचा, हावाघर र राजा महेन्द्रले प्रयोग गरेका डुङ्गाहरु मात्र हेर्न पाएको बताउनुभयो ।

राजा वीरेन्द्र र उहाँका परिवारको दरबार हत्याकाण्डमा मृत्यु भएपछि २०६७ मंसिर २० गते यो दरबार नेपाल ट्रष्ट मातहत राखिएको थियो । एक सय ७४ रोपनी चार आना दुई दाममा फैलिएको रत्न मन्दिर परिसरमा तालघर, बाग बगैंचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन् ।

नेपाल ट्रष्टकी सूचना अधिकारी सरस्वती पौडेल खनालले यस वर्षभित्रमै दरबारको भित्री कक्षसम्म अवलोकनका लागि खोलिने तयारी भएको बताउनुभयो । दरबार खुला भएकै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चाँडै भित्री भाग पनि सर्वसाधारणका लागि खुला गरिने बताउनुभएको थियो ।

ट्रष्टकी सूचना अधिकारी खनालका अनुसार हामी निकट भविष्यमै खोल्छौं । त्यसका लागि बजेट व्यवस्थापन भइसकेको छ । दरबार हरेक सोमबार बन्द हुन्छ । आइतबार ३ बजेसम्म मात्र खुला हुन्छ । रत्न मन्दिर कार्यालयका प्रमुख गीता मिजारले दरबारमा अहिले आन्तरिक पर्यटकको आकर्षण बढिरहेको बताउनुभयो ।

दरबार खुला भएको डेढ महिनामा साढे ७ लाख राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।  असार मसान्तसम्म आठ हजार एक सय ६४ जनाले दरबारको अवलोकन गरेको कार्यालयको भनाइ छ । तीमध्ये ६१ जना विदेशी पर्यटक छन् । शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेका मिजारले बताउनुभयो ।

नेपाली नागरिकले दरबार प्रवेश गर्दा १ सय रुपियाँ र विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले ५० रुपियाँ शुल्क तोकिएको छ । जेठसम्म सबै विदेशीले दरबार प्रवेशका लागि १ हजार तिर्नुपर्ने प्रावधान थियो ।

संशोधित कार्यविधिमा भारत र चीनका नागरिकले २ सय, सार्क राष्ट्रका पर्यटकले तीन सय र अरु देशका नागरिकले पाँच सय तिनुपर्ने उल्लेख छ । त्यस्तै, व्यापारिक भिडियो वा चलचित्र छायाङ्कनका लागि पाँच हजार शुल्क तोकिएको छ । यसअघि भिडियो छायाङ्कनका लागि १० हजार शुल्क तोकिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज