Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्मी र वर्षासँगै सर्पदंशको चुनौती : छिटो अस्पताल जानु नै राम्रो विकल्प

Author Avatar साझा न्यूज 21st July 2023 , 10:28 AM
गर्मी र वर्षासँगै सर्पदंशको चुनौती : छिटो अस्पताल जानु नै राम्रो विकल्प

काठमाडौं । गर्मी र वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गर्दछन् । सर्पले डसेपछि बेलैमा उपचार नपाउँदा, हेलचेक्र्याइँ गर्दा र धामी झाँक्रीको भर पर्दा कतिपय बिरामीको ज्यान जाने गरेको छ ।

असारको अन्तिम साता मात्रै कपिलवस्तुमा ४ जनाको सर्पदंशबाट मृत्यु भएको छ । जेठदेखि भदौ महिनासम्म सर्पदंशको जोखिम हुन्छ । वर्षेनी सर्पदंशबाट मानिसको ज्यान जाने गरेको छ ।

नेपालका झन्डै २६ जिल्लाहरू सर्पदंशबाट अति प्रभावित मानिन्छन् । तराई क्षेत्रमा सर्पदंशको जोखिम बढी छ । पहाडी क्षेत्रका नदीका खोँचमा सर्प पाइन्छन् ।

नेपालमा पाइने सर्पमध्ये २० प्रजातिका सर्प विषालु मानिन्छ । र नेपालमा पाइने सर्पमध्ये २० प्रतिशत मात्र विषालु छन् । विषालुमध्ये पनि गोमन, करेत, हरेउ, बाघे सर्प जस्ता सर्पले डस्दा मानिसको मृत्यु हुने गर्दछ ।

विषालु सर्पले डसेपछि देखिने लक्षण

सर्पले डसेको ठाउँको छालाको रङ्ग रातो हुन्छ । सुन्निएको जस्तो लाग्न थाल्छ र दुख्न थाल्छ । हातखुट्टा झमझम गर्न थाल्छ । पेट दुख्ने, वाकवाकी लाग्ने र वान्तासमेत हुने गर्दछ । मांसपेशी कमजोर हुने गर्दछ ।

गोमन सर्पले डसेका बिरामीलाई आधादेखि एक घण्टाभित्र श्वासप्रश्वासमा समस्या देखिन्छ । टोकेको ठाउँ सुनिन थाल्छ । श्वास फेर्न गाह्रो हुन्छ ।

करेत सर्पले डसेका बिरामीमा बिस्तारै विष लाग्दछ । करेत सर्पले राती विस्तरामै आएर डस्दछ । यो सर्पले डसेका बिरामीमा आँखाले हेर्न गाह्रो हुने, मुख वरिपरिको मांसपेशी कमजोर हुने हुन्छ । टोकेको थाहा नपाएका कारण बिरामी अचानक बेहोस हुने गर्दछ । पेट दुख्ने, श्वास फेर्न गाह्रो हुने गर्दछ ।

बाघे सर्पले डस्दा बिरामीको मिर्गौला फेल भएर ज्यान जाने गर्दछ । सर्पले डसेको थाहा पाएपछि सक्दो छिटो सर्पदंश उपचार केन्द्र वा अस्पताल पुग्नु पर्छ ।

सर्पले डसेको बिरामी आत्तिनु हुँदैन । किन कि धेरै जसो बिरामी सर्पले डसेपछि आत्तिने गर्छन् र डरकै कारण पनि उनीहरूको मृत्यु हुने गर्दछ ।

सर्पदंशबाट जोगिन के गर्ने ?

सर्पदंशका धेरैजसो घटना रातीको समयमा भएका छन् । त्यसैले राती जमिन (भुईँ)मा नसुत्ने, खाटमा झुल लगाएर झुल भित्र सुत्ने गर्नु पर्दछ । आफू सुत्नु अघि बिस्तरा टकटकाएर सफा गरेर सुत्नु पर्दछ ।

रातिमा हिँड्नु परेमा टर्चलाईको प्रयोग गर्ने, बुट लगाउनु पर्दछ । घर वरिपरि दाउरा, इट्टाको थुप्रो पारेर नराख्ने, घर वरिपरि झाडी नराख्ने र सरसफाइ गर्ने गर्नु पर्दछ । सर्पका आहाराहरू मुसा, भ्यागुता घरमा आउन नदिने र आएमा तत्कालै हटाउने गर्नु पर्छ । घरमा प्वाल भएमा बन्द गर्नु पर्दछ । यसैगरी कुखुराका चल्ला र अण्डा छुट्टै स्थानमा राख्नु पर्दछ ।

दुईचार दिन नलगाएको जुता लगाउने बेलामा टकटकाएर लगाउनु पर्दछ । कोट वा अन्य कुनै कपडा लामो समयपछि लगाउँदै छौँ भने त्यो पनि टकटकाएर लगाउनु पर्दछ । किन कि कोटको खल्तिमा पनि सर्प बसेको हुन सक्छ ।

अचानक पेट दुख्ने, आँखाले हेर्न असहज हुँदै गयो, शरीर लट्ठ हुँदै गयो, श्वास फेर्न कठिन भयो भने थाहा नपाइ सर्पले डरेको हुन सक्छ । यस्तो समस्या देखिएमा पनि अस्पताल जानु पर्दछ ।

के गर्नु हुँदैन ?

सर्पले डसेपछि बिरामी अत्तालिने भएकाले उनीहरूलाई शान्त राख्नु पर्दछ । सर्पले डसेको व्यक्ति आफैँ दौडिने अथवा बढी हलचल गर्ने गर्नु हुँदैन । यसले छिटो विष शरीरमा फैलिने सम्भावना कम हुन्छ ।

सर्पले टोकेको भागलाई नचलाई राख्नु पर्छ । छिटो अस्पताल पुग्नु पर्छ । डसेको ठाउँमा क्रस गरेर चिर्ने, मलम लगाउने, डोरीले बाँध्ने गर्नु हुँदैन । धामीझाक्री वा घरेलु उपचारमा लाग्नु हुँदैन ।

उपचार र औषधि

सर्पदंशको जोखिम रहेका २६ वटा जिल्लामा करिब ९० वटा सर्पदंश उपचार गर्ने सर्पदंश उपचार केन्द्र र अस्पताल छन् । सरकारको तर्फबाट स्नेक एन्टिभेनम निशुःक रूपमा उपलब्ध गराएको छ भने सर्पदंशबारे तालिमहरू पनि प्रदान गर्ने गरेको छ ।

भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. कृष्णप्रसाद आर्चायसँगको कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज