Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोखरा पृथ्वीचोकको सडकमा पार्किङ निषेध

Author Avatar साझा न्यूज 23rd July 2023 , 12:25 PM
पोखरा पृथ्वीचोकको सडकमा पार्किङ निषेध

लेखनाथ, साउन ७ गते । पोखराको अति व्यस्त चोकमध्ये पर्छः पृथ्वीचोक । पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट यही हुन्छ । त्यतिमात्र होइन, बसपार्क, तरकारीको होलसेल, सस्तो बजार, संघ, संस्थाका कार्यालय र व्यापारिक मलसमेत यही छन् ।

आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गन दिइएको छ । जिल्ला सुरक्षा समिति कास्कीको बैठकले पृथ्वीचोकदेखि चाइनपुलसम्म सडकको दुबैतर्फ पार्किङ निषेध गर्ने निर्णय गरेको हो । बसपार्क, व्यापारिक मल, तरकारीको होलसेल बजारसमेत रहेको यो क्षेत्रबाट गाडी बाहिरिने र आउने चाइनापुल साँघुरो छ । जस कारण यहाँ बारम्बार ट्राफिक जाम भइरहन्छ । पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत चाइनापुलमा डबल लेनका दुई पुल निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले यो क्षेत्रको पार्किङ व्यवस्थापन गर्ने र त्यसका लागि महानगरलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । निर्णयपछि महानगरले शुक्रबार र शनिबार माइकिङ गरी सडकको दुबैतर्फ राखिएका गाडी हटाउन, मापदण्ड विपरीत बनाइएका संरचना भत्काउन अनुरोध गरेको थियो ।

महानगर यायातात व्यवस्थापन समिति संयोजक अमृत तिमिल्सिनाले यो क्षेत्रको सडक व्यवस्थापनका लागि शुक्रबारबाट काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सुरक्षा समितिले निर्णय गरेर महानगरलाई भन्यो । कार्यान्वयन गर्न बसपार्कको पूर्वाधार, बाटो नै राम्रो छैन । हिलो हुने, पानी जम्मा हुने खाल्डा पुर्न लागेका छौं ।”

पोखरा आउने र पोखरा बाहिर जाने लामो दुरीका बसलाई बसपार्कभित्रै लगिएको छ । यसअघि लामो दुरीका गाडीले पनि सडकमै यात्रु पर्खिने, चढाउने र ओराल्ने गर्दै आएका थिए । पोखरा १६ का वडाध्यक्षसमेत रहनुभएका तिमिल्सिनाले स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र गर्न दिइएको उल्लेख गर्नुभयो । पोखरा महानगरले पोखरा बसपार्क र बागलुङ बसपार्कलाई अस्थायी रुपमा व्यवस्थापन गर्न यो वर्ष १ करोड बजेट विनियोजन गरेको छ ।

ट्राफिक कार्यालय कास्की प्रमुख कृष्णबहादुर चन्दले आइतबारबाटै पार्किङ व्यवस्थापन सुरु गरिसकेको र केही कठिनाइ आए त्यसको समाधान खोजिने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आइतबारबाटै लामो दुरीका बस बसपार्कबाट छुटाउने तयारी छ । कतिसम्म धान्छ बसपार्कले हेरौं ।”

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले निर्णय उचित भएपनि कार्यान्वयन महानगरको इच्छाशक्तिमा भर पर्ने जनाउनुभयो । सर्वसाधारणको भीड हुने सडकमै सवारी पार्किङ हुनु ठीक नभएको जनाउँदै उहाँले सबै मुख्य सडक र राजमार्गका सडकमै हुने पार्किङ हटाउनुपर्नेमा जोड दिनुभयो ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पूर्वाधार र तयारीबिना बसपार्कबाट गाडी छुटाउने निर्णय गर्दा लागु हुन कठिन हुन सक्ने औंल्याउनुभयो । उहाँले बसपार्क प्रवेशको बाटो निर्माण, बसपार्क व्यवस्थापन, शौचालय, प्रतीक्षालय जस्ता संरचना निर्माण गरी यात्रुलाई बसपार्कभित्र जाने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी बसपार्कभित्रैबाट गाडी छुटाउने, यात्रु पनि बसपार्कमा ओराल्ने तर पूर्व–पश्चिम चल्ने गाडीले यात्रु चढाए सहमति तोडिन्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज