Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास

Author Avatar साझा न्यूज 24th July 2023 , 4:02 PM
व्यवसायीद्वारा सरकारी अनुगमन टोलीलाई थुन्ने प्रयास

इनरुवा, साउन ८ गते । इनरुवा नगरपालिका–१ मा रहेका मेडिकलहरूको अनुगमन गर्नेक्रममा सरकारी अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद भएको छ ।

जिल्ला अस्पताल सुनसरी परिसरमा रहेको इनरुवा-१ को नुरी मेडिकल, विराट डाईग्नोेष्टिकसहितको अनुगमन गरेर नेशनल मेडिकलमा पुगेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई मेडिकल व्यवसायीहरूले अनुगमनमा रोक लगाएका छन् ।

अनुगमनका क्रममा कर तिरेको नतिरेको, दर्ताको कागजपत्र चेकजाँच गर्नेक्रममा मेडिकल व्यवसायीले अनुगमन गर्न आएको टोलीलाई केहीबेर मेडिकल हलभित्रै घेरेका थिए । मेडिकल सञ्चालकहरूले अनुगमन गर्न पुगेको टोलीलाई विराट डाइग्नोस्टिक मेडिकल हलको सटर झारेर थुन्ने प्रयास पनि गरेका छन् ।

अनुगमन टोलीमा रहेका सदस्यहरूले योगेन्द्र मेहतालाई औषधि पसलको कर इनरुवा नगरपालिकालाई तिरेको छ, छैन भनेर प्रश्न गर्दा विवाद भएको स्थानीयको भनाइ छ ।

अनुगमन टोलीमा रहनुभएका जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरेले इनरुवा नगरपालिकाका उपमेयर विनीता मेहताका पती योगेन्द्र मेहतासँग विवाद भएको र सोहीक्रममा चर्काचर्की भएको बताउनुभयो । विवादपछि अर्को मेडिकलमा अनुगमन गर्न गएकाबेला उपमेयरका पती योगेन्द्र महेताको नेतृत्वमा मेडिकल सञ्चालकहरूले अनुगमन टोलीलाई सटर झारेर अवरोध गरेको टोली प्रमुख जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले बताउनुभयो ।

अहिले टोलीले अनुगमन स्थगित गरेको छ । व्यवसायीहरूले मेडिकल खोलेका छन् । अनुगमनमा प्रशासकीय अधिकृत केशव खतिवडा, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ, जिल्ला अस्पताल इनरुवाका मेसु देवराज घिमिरे लगायत रहनुभएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले घटना भएको पुष्टि गर्नुहुँदै अनुगमन टोलीलाई सटर झारेर अनुगमनमा बाधा गरिएकोमा दुःख व्यक्त गर्नुभयो । पाण्डेले अनुगमन टोलीलाई सूचना दिएर, कागजात देखाएर सहयोग गर्नुपर्नेमा उल्टै बाधा अड्चन गर्ने काम भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

कांग्रेस कपिलवस्तु क्षेत्र नं. २ मा शर्मा र पाण्डेय निर्विरोध

भर्खरै प्रकाशित

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

कावासोतीमा अज्ञात वस्तु पड्किँदा दुई जना घाइते

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

रुइत फाउन्डेसनको सहयोगमा ३९ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

भवानी भिक्षु युवा क्लबले असोज ३१ गते सांगीतिक साँझ गर्ने

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै कार्यसम्पादन गर्नुपर्ने’-महानिरीक्षक कार्की

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज