Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अरु क्षेत्र भन्दा किन कृषि क्षेत्र घट्दो क्रममा ?   मुख्य समस्या र समाधान          

Author Avatar साझा न्यूज 5th December 2023 , 10:49 PM
अरु क्षेत्र भन्दा किन कृषि क्षेत्र घट्दो क्रममा ?    मुख्य समस्या र समाधान          

प्रिसा श्रीवास्तव                                     

सबै विदेश जाँदा म चाहिँ नेपाल के गरेर बस्नु? भन्ने प्रश्न मनमा आउँदा आफ्नो पुस्ताको कर्म मस्तिष्कमा आयो परापूर्वकालदेखि नै कृषिमा धनी देश भनेर चिनिने मेरो देश आज हामीलाई कृषि गर्न मन नलाग्नु कारण के त ?  ८०% कृषि गरिआएका हाम्रो पुर्खाहरु अहिले घट्नु को कारण के त? कृषि प्रधान राष्ट्र भनेर विश्वव्यापी रूपमा परिचित  मेरो देश आज कृषि क्षेत्रमा पतित हुनुको कारण के त? हामीले कृषिलाई पैतृक पेशाको रुपमा अपनाएका छौं ।

नेपालमा पछिल्लो धेरै समय देखि कृषि क्षेत्र व्यापक रूपमा घटेर गएको छ। यसमा दुई खालका विचार छन् : १) पञ्चायतकालमा कृषि क्षेत्रमा उत्पादन पर्याप्तमात्र  थियो , देशवासीलाई उपभोग गरेर पनि विदेश निर्यात गर्न मज्जाले पुग्थ्यो । त्यतिबेलामा नेपाल उत्पादन क्षेत्रमा ७/८ नं मा थियो त्यति बेला सबै मान्छे कृषि क्षेत्रमा जोडिएका थिए । २) लागत बढी भएकै कारण कृषिबाट पलायन बढ्यो र उत्पादन घट्यो । प्राचीनकालदेखि नेपालको मुख्य पेशा कृषि थियो । गोपाल वंशको प्रारम्भदेखि नै कृषिको थालनी भयो प्राचीनकालमा

कपिलवस्तु र रामग्रामका बासिन्दाहरू रोहिणी नदीको बाँध बाँधेर आ–आफ्नो खेतीमा सिंचाइ गर्ने गर्दथे। कृषि उत्पादनमा वृद्धि गर्न कुलोको व्यवस्था गरिएको थियो। मध्यकालिन अर्थ व्यवस्थामा कृषि मेरुदण्डको रूपमा थियो । काठमाडौँ उपत्यकामा त्यति बेला कृषि पेसा निकै रूपमा फस्टाएको थियो । यहाँको मलिलो माटोमा राम्रो धान, गहुँ, मकै ,तोरी आदि उब्जनी हुन्थ्यो । अहिले काठमाडौँ मा चालू आर्थिक वर्ष ( २०७९/८०) मा ३३ अर्ब ६४ करोड ३१ लाख ४९ हजार रुपैयाँको धनचामल आयात भएको केन्दीय विभागले जनाएको छ।

गत वर्ष सोही अवधिमा ४४ अर्ब ४३ करोड २८ लाख ३८ हजार रुपैयाँको धनचामल आयात भएको थियो । जस अनुसार गत वर्षको तुलनामा ११ अर्ब भन्दा बढीले आयात घटेको देखिन्छ । कृषिजन्य वस्तु आयात बढ्नुको कारण सोझो सम्बन्ध आन्तरिक उत्पादन घट्नु हो । किसान आन्दोलनको इतिहास हेर्ने हो भने वि.सं. १८६१ सालमा गुठी, बिर्ता, किपट जग्गाको विवरण तयार गरी १८६२ सालमा ती जग्गा जफत गरिएको घोषणा गरियो । आफ्नो बिर्ता खोस्दा बिर्तावालहरुले विद्रोह गरेको थियो। यसलाई बासट्ठी हरण भनिन्छ । वि.सं. १९३६/३७ सालमा सावाँ र व्याज तिर्न नसकी किपट जमिन गुमाउनु पर्दा लिम्बुहरूले विरोध गर्नु परेको थियो ।

वि.सं. २००९ सालमा रौतहटमा “तमसुक फट्टा” आन्दोलन सुरु भएको थियो । वि.सं. २०१४ सालमा भूमि सुधार ऐन जारी गरिएको थियो ।वि.सं. २०२१ सालमा भूमि सम्बन्धी ऐन जारी गरिएको थियो ।वि.सं. २०२३ सालमा नवलपरासीको परासी र कपिलवस्तुको अजिगरामा  किसान आन्दोलन भएको थियो |

कृषिक्षेत्रमा उत्पादन घट्नु को मुख्य कारण ?

१) विदेश पलायन : हरेक वर्ष नेपाली युवाहरु आफ्नो स्वदेशमा केई काम गर्ने अवसर छैन भन्दै विदेश पलायन गरेका छन् । शिक्षित मानिसहरु अष्ट्रेलिया क्यानाडा जाने क्रममा छन् भने अशिक्षित मानिस साउदी कतार जाने क्रममा छन् । पछिल्लो २,३ वर्ष देखि कक्षा १२ पढेर विद्यार्थीहरु स्टुडेन्ट भिसामा मा गएर विदेशमै बसेर पढेर काम गरेको छन् । आफू सँग भएका सिप, कला विदेशमै खर्चेका छन् । देशका युवाहरु नै देशका मेरुदण्ड हुन तर उनीहरू नै विदेश पलायन गरेको रिपोर्ट हेर्ने हो भने वर्षमा २,३ लाख भन्दा बढी मानिसहरु विदेश पलायन गरेका छन् । युवाहरुले नयाँ सिप खर्च गरेर कृषिमा लगानी गरेको भए कृषिमा वैज्ञानिक विधिको प्रयोग गरेको भए आज हाम्रो देशको कृषि क्षेत्रपनि उत्पादकत्व वृद्धि भएको  हुन्थ्यो ।

२) भूमि खण्डीकरण : कृषि अभ्यासहरु गर्दा परिवर्तनले भुमी लाइ कमजोर बनाउँछ। भूमि सुधारको परिवर्तनका कारण भूमि खण्डीकरणले कृषि उत्पादकत्वमा नकारात्मक प्रभाव पार्छ ।

३) बजारहरुमा सिमित पहुंच :  नेपालको कृषि क्षेत्रको  ठूलो समस्याको रूपमा रहेको : उत्पादन भएको वस्तु  घरेलु र अन्तर्राष्ट्रिय बजारमा पहुंच नहुँदा आफ्नो बाली बेच्न किसानहरु संघर्ष गरिरहेका हुन्छन् ।  सिमित यातायात, कमजोर पूर्वाधार पनि यसको मुख्य कारण हो । बिचौलिया र कालोबजारीको कारण किसानले समयमा मल, बीउ पाउँदैनन्।

४) पूर्वाधार अभाव  : कमजोर, सडक, बिजुली र सिँचाइमा सिमित पहुँच र अपर्याप्त भण्डारण सुविधा लगायतका पूर्वाधारको अभावले कृषिक्षेत्रमा बाधक बनेको छ । खराब सडकहरूले किसानहरूलाई आफ्नो बाली बजारमा ढुवानी गर्न गाह्रो बनाउँछ, जब कि बिजुली र सिँचाइको अभावले आधुनिक खेती प्रविधिहरूलाई सिमित गर्दछ। अपर्याप्त भण्डारण सुविधाले खाद्यान्नको बर्बादी र किसानहरूको नाफा घटाउँछ।

५) कीट र रोगहरू : काण्ड बोरर र ब्याक्टेरियल विल्ट जस्ता किरा  र रोगहरूको विस्तृत श्रृंखलाले  बालीहरूलाई  खतरा बनाउँछ। यी कीराहरू र रोगहरूले बालीको उत्पादन र गुणस्तर घटाउन सक्छ, जसले किसानहरूको लागि कम नाफा निम्त्याउँछ।

६)सीमित सरकारी समर्थन : नेपाल सरकारले कृषि  क्षेत्रलाई अनुसन्धान, विस्तार र ऋण सेवालगायत सिमित सहयोग उपलब्ध गराउँछ। यो समर्थनको अभावले क्षेत्रको विकासमा बाधा पुर्‍याउँछ र किसानहरूलाई उनीहरूको कृषि अभ्यासहरू सुधार गर्न र उत्पादकता बढाउन आवश्यक स्रोत र ज्ञानको पहुँच गर्न गाह्रो बनाउँछ।

७)भूमिको असमान वितरण: नेपालले भूमिको अवैज्ञानिक (अनियोजित) वितरणलाई पछ्याउँछ किनभने कृषि भूमि धेरै टुक्रा वा धेरै सानो टुक्राहरूमा टुक्रिएको छ। कम उत्पादन दिने जमिनमा खेती गर्न गाह्रो छ । यसबाहेक, वास्तविक जोत्नेहरूसँग पूर्ण-समय कामको लागि खेतीयोग्य जमिन छैन किनभने यो धेरै कम छ।

८)अनुसन्धान र सर्वेक्षणको अभाव: एक विशेष माटो र हावापानी एक विशेष बाली को लागी मात्र उपयुक्त छ। नेपालको माटोको प्रकार र जलवायुको पक्षलाई न सरकार र न किसानले नै प्रमाणित गरेका छन् । सरकारले कृषकका समस्याबारे सर्वेक्षण र तालिम विरलै गर्छ । यसले बजारको मागमा अनुसन्धान गर्ने प्रयास पनि गर्दैन। यदि केही प्रयासहरू गरिएका छन् भने ती अवैज्ञानिक, अपर्याप्त र औपचारिकताका लागि मात्र हुन्।

यस बाहेक पनि अन्य समस्याहरू छन् जस्तै विस्तार सेवाहरूको अभाव , मौसम परिवर्तन , आधुनिक उपकरण को अभाव , गुणस्तरीय कृषि शिक्षा को कमी ,  आधुनिक मेसिनरी को कमीले गर्दा किसान ले भएको जमिनको कुशल प्रयोग गर्न नसकेर उत्पादन घटेको छ। खेतीमा श्रम बढी लाग्ने, समयमा सिँचाइ नहुने जस्ता समस्याले किसान पलायन हुन पुगेको छन् । राज्यले ठोस नीति नियम ल्याउनु पार्ने हो तर किसान लाइ सामान्य कुरा पनि दिनसकेको छैन।

कृषि क्षेत्रमा उत्पादन कसरी बढाउन सकिन्छ ? 

कृषि उत्पादनको लागि सबैभन्दा  प्रमुख कुरा जमिन हो । जमिनलाई न त फराकिलो पार्न सकिन्छ न खुम्चाउन नै सकिन्छ । कृषि कार्य एउटा उत्पादन कार्य भएकाले उत्पादनका साधनहरू जमिन, श्रम, पुँजी र सङ्गठनको पर्याप्त उपलब्धता हुनु अपरिहार्य छ।

१) स्वदेशमै बसेर काम गर्ने : विदेश गएर आफ्नो सिप ,कला आफ्नो जोश जागर खर्चिनु भन्दा राम्रो आफ्नै देशमा बसेर आफू सँग भएको ज्ञान, सिप लाई प्रयोग गरेर कृषि क्षेत्रमा जोडिनु पर्छ । कृषि क्षेत्रमा वैज्ञानिक विधिको प्रयोग गरेर यस क्षेत्रमा उत्पादकत्व बढाउन सकिन्छ।

२) बजारमा पूर्ण पहुच :  हाम्रो देशमा पहाड तिर हुने कृषि तराई भन्दा फरक हुन्छ । किसानले उत्पादन गरेको वस्तु बजारमा पहुंच नहुनु कारण धेरै छन् । किसान आफै हरेक ठाउँमा पुग्न सक्दैन अनि वस्तु ओसार पोसार गर्दा यातायातको कमीले , पूर्वाधारको कमीले उत्पादन भएको वस्तु बजारमा सीमित रूपमा पुग्छ । सरकारले याताातलगायत पूर्वाधारको व्यवस्था गर्नुपर्छ । किसान को भावना बिपरित मौलाएको विचौलिया पद्धती बन्द गरि संस्थागत बजार संयन्त्र कायम गर्नुपर्छ । कृषिमा दिने अनुदानमा राजनीतिक दल्हरुले हस्ताक्षेप गर्नुहुदैन ।

३) कृषि सम्बन्धी कानुन बनाउने : हाम्रो देशको मूल कानुन संविधानको धारा ३४ मा लेबर सम्बन्धी हक राखिएको छ। पूर्वकालमा हेर्न हो भने राम शाहको २६ थिति मा बाटोवरीको रुख काट्न नपाउने , कुलो र कोल सम्बन्धी थिति थियो । नेपाल कृषि अनुसन्धान परिषद ऐन २००४ बनाईएको थियो । अहिले हेर्ने हो भने कृषि सम्बन्धी पर्याप्त कानुन छैनन। कृषि व्यवसाय प्रवर्द्धन ऐन , राष्ट्रिय कृषि नीति २०६१ आदि कानुनहरु छन् । नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तरगत धारा ३६मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिनु र धारा ५१ (ङ) कृषि र भूमि सुधार सम्बन्धी नीतिको व्यवस्था छ तर पनि कृषि क्षेत्र नियमन भएको छैन । उचित नीति नियम हुने हो भने कृषक लगानी गर्न नी तैयार छन् ।केवल राम्रो र ठूलो योजना देशले निगरानी गर्नु आवश्यक छ  राज्यले ठुला कुरा भन्दा पनि किसान का साना साना कुरामा ध्यानाकर्षण हुनु  आवश्यक छ।

४) किसानको भावना विपरित मौलाएको विचौलिया पद्धती बन्द गरि संस्थागत वजार संयन्त्र कायम गर्नुपर्छ ।

५)विदेशी उत्पादन भन्दा बढी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । यस अन्तर्गत साना र मझौला स्तरका मेशिनरीहरुलाई नेपालमै  एसेम्वल गर्ने, पोषण औषधि र विषादिजन्य उत्पादन समेत संगसंगै शुरुवात गर्न सकिन्छ ।

६)बेरोजगार शिक्षित युवायुवतीहरू र सेवा निवृत्त भएका कर्मचारीहरू , विदेशबाट स्वदेश फर्केका युवायुवतीहरूको मुख्य रोजाईको पेशाको रूपमा कृषि हुनुकोलागि सरकारलाई कृषि व्यवसायले औद्योगीकरण गरी रोजगारीको सुनिश्चितता हुने गर्नुपर्छ।

७) कृषि क्षेत्रलाई वैज्ञानिक विधिको प्रयोग गरेर राम्रो उत्पादकत्व बढाउन सकिन्छ।नेपाल स्वनिर्भर अर्थतन्त्र मा आधारित देश हो भन्ने कुरामा विवाद गर्न सकिन्न । स्वनिर्भर अर्थतन्त्रको लागि उत्पादन हुनु महत्वपुर्ण छ । उत्पादनको जग कृषि को अधुनिकिकरण हो ।

८) किसानहरूलाई सजिलो ऋणको व्यवस्था गर्नुपर्छ   (छोटो अवधि र दीर्घकालीन दुवै) ।

९) किसानहरुलाई कृषिसम्बन्धी समय समयमा तालिम गराउने ।

१०) सिँचाइ सुविधाको विकास

११) किसानहरूको लागि माध्यमिक/पक्षीय पेशाको प्रवर्द्धन

नेपाल सरकारले लिएको नारा”समृद्ध नेपाल, सुखी नेपाली”हुने मार्गमा  हामी सबै नेपालीको कल्याण छ । कृषि उत्पादन, कृषि व्यवसाय र कृषिको लागि आवश्यक पर्ने पूर्वाधार विकासको लागि नयाँ सोच र नयाँ आयामलाई कृषिसँग जोड्न सकेमा कृषिलाई व्यवस्थापन गर्न सकिन्छ ।   

लेखकः काठमाण्डै स्कुल अफ ल की  विए.एल.एल.वी. की छात्रा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज