कपिलवस्तु, पुस २५ । कपिलवस्तुको तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा तथा पाचौं अधिबेशनबाट अध्यक्षमा पुनः प्रकाश घिमिरे निर्बिरोध निर्बाचित हुनु भएको छ । घिमिरे तेश्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित भएका हुन ।

घिमिरेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक प्रबीण श्रीवास्तवले बताए । समितिको उपाध्यक्षमा अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा मुकेश कुमार श्रीवास्तव रहेका छन ।
यस्तै सदस्यहरुमा निशा श्रीवास्तव, सिता गिरी, सुरेश गुप्ता, बृजेश भटरा, सन्तोष मल्लाह, गणेश श्रीवास्तव अनिल क्षेत्री रहेका छन । यस्तै ऋण समितिको संयोजकमा सहीद मुसलमान र लेखा समितिको संयोजकमा अनिरुद्ध तिवारी रहेका छन । तेश्रो कार्यकालका लागि निर्वाचित घिमिरेले आफुले सहकारीको संस्थागत र भौतिक विकासमा सक्दो कोशिश गर्ने बताए ।
















































