Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आन्तरिक पर्यटक आकर्षित गर्दै धरानको चिन्डेडाँडा

Author Avatar साझा न्यूज 23rd January 2024 , 6:12 PM
आन्तरिक पर्यटक आकर्षित गर्दै धरानको चिन्डेडाँडा

धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा ९रमितेडाँडा० पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । धरान बजारको रमणीय दृश्यका साथै इटहरी, चारकोसे झाडीलगायत तराईका गाउँको दृश्यावलोकन गर्न सकिने भएकाले चिन्डेडाँडामा दैनिक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

चिन्डेडाँडा घुम्न जानेहरु कोही ‘हाइकिङ’ गर्दै त कोही गाडी या मोटरसाइकलमा पुग्ने गर्छन् । त्यहाँ पुग्दा डाँडामा बसेर गीतसङ्गीतका साथ रमाइलो गर्नेहरु धेरै भेटिन्छन् ।

हाल अमेरिका बस्दै आएका धरान(१६ का राजेन्द्र ताम्राकार घर आएको मौकामा नजिकै घुम्ने ठाउँको खोजीमा थिए । साथीहरुको सल्लाहमा उनी चिन्डेडाँडा पुगे । पहिला नाङ्गो डाँडाका रुपमा देखेको चिन्डेडाँडा अहिले घुम्ने नयाँ गन्तव्यका रुपमा विकास भएको देख्दा उनी चकित परे ।

‘पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ यति रमाइलो होला भन्ने सोचेकै थिएन’, चिन्डेडाँडामा घुम्दै भेटिएका उनले भने, ‘यहाँबाट धरान बजारको दृश्य राम्रोसँग हेर्न सकिने रहेछ ।’

 

धरानकै मिङ्मा शेर्पा पनि साथीभाइसँग रमाइलो गर्न चिन्डेडाँडा पुगेका थिए । रमाइलो र घमाइलो चिन्डेडाँडामा बसेर दृश्यावलोकन गर्नुको आनन्द वर्णन गरेर साध्य नहुने उनको अनुभव छ ।

धरानबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँ धरान, इटहरीलगायत पूर्व क्षेत्रका आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।उनी भन्छन्, ‘बाटो अलि राम्रो बनाउने हो भने यहाँ अझ धेरै पर्यटक आउने निश्चित छ ।’

चिन्डेडाँडा आसपासको क्षेत्रमा तामाङ समुदायको पुरानो बस्ती छ । अलि तल गुरुङ, राई, क्षेत्री, ब्राह्मणको बस्ती पनि छ । गुरुङ छाप, कार्की छापजस्ता नामले चिनिने ठाउँहरु यहाँ छन् । त्यहाँको अग्लो र खुल्ला डाँडा चाहिँ धरान बजारबाट देखिन्छ ।

धरानबाट उत्तरतर्फ हेर्दा नाङ्गो डाँडा देखिने भएकाले धरानबासीले चिन्डेडाँडाभन्दा भन्दै यसको नामै चिन्डेडाँडा रहनगएको स्थानीय बताउँछन् ।स्थानीय भने यो डाँडालाई रमितेडाँडा भनेर चिन्छन् । पहिलादेखि नै यहाँबाट धरान र तराईका फाँटको रमणीय दृश्य देखिने भएकाले बाटो हिँड्ने मान्छेहरु अडिएर रमिता हेर्थे ।

रमिता हेर्ने डाँडा भएकाले रमितेडाँडा भन्ने गरिएको स्थानीयको कथन छ । धरानबासीले चिन्डेडाँडा भन्दाभन्दै बाहिरका मान्छेले चिन्डेडाँडा भनेर चिन्न थालेपछि अहिले सबैले चिन्डेडाँडा भन्ने गरेका छन् ।

पहिला उजाड र सुनसान गाउँका रुपमा रहेको यो ठाउँमा पर्यटकको चहलपहल हुन थालेको एक दशक भयो । पहिले चिन्डेडाँडाबाट प्याराग्लाइडिङको उडान पनि हुने गरेको थियो ।

प्याराग्लाइडिङले पनि यो ठाउँमा पर्यटकलाई आकर्षित गरेको भए पनि पछिल्लो समय त्यस ठाउँबाट प्याराग्लाइडिङ उडान बन्द भएको छ । बरु अहिले प्याराग्लाइडिङ उडाउने ठाउँमा होटल खुलेका छन् ।

अहिले दिनमा दुई सयजनाको हाराहारीमा मान्छे घुम्न आउने गरेको स्थानीय होटल व्यवसायी लक्ष्मी तामाङको भनाइ छ । उनका अनुसार यो ठाउँमा घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् ।

लोकल कुखुराको मासु, तोङ्बा, सुकुटी, गुन्द्रुकको अचार र भट्टु धानको भात यहाँको मौलिक परिकार हो । त्यसबाहेक बजारमा पाइने अन्य चाउमिन, मःम, चटपटेजस्ता खानेकुरा पनि पाइने उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ तोङ्बा र सुकुटी धेरै बिक्छ, एकपटक आएका मान्छे फेरि फर्केर आइरहन्छन् ।’

यो डाँडामा अहिले बास बस्नका लागि होटल र खानाका लागि खाजाघर खुलेका छन् । धेरैजसो दुई चाररघन्टा बसेर फर्किने गरी आन्तरिक पर्यटक चिन्डेडाँडा आउने गरेका र केही भने बास बस्दै आउने गरेको स्थानीय होटल व्यवसायी वसन्ती तामाङको भनाइ छ ।

उनका अनुसार धरान, इटहरीका मात्र नभई झापा, चितवन, काठमाडौँदेखिका मान्छे पनि धरान घुम्न आएको मौकामा यहाँ आउने गरेका छन् । ‘टाढादेखि आएका मान्छे पनि रमाइलो मानेर फर्किनुहुन्छ, हामी त्यसमै खुसी छौँ’, उनी भन्छन् ।

चिन्डेडाँडाभन्दा अलि माथि केही वर्षअघि कोशी प्रदेश सरकारको सहयोगमा दृश्यावलोकन स्तम्भ पनि निर्माण भएको छ । अलि तल पर्यटन व्यवसायी वासु बराल र एलिना मगरले सेछ एड्भेन्चर पार्क र रिसोर्ट सञ्चालन गरेका छन् ।

केही परको तामाङ बस्तीमा घरबास पनि सञ्चालित छ । पर्यटन व्यवसायी मगर चिन्डेडाँडा र आसपासका क्षेत्रमा आन्तरिक पर्यटकका लागि आकर्षक रमाइला स्थल रहेकाले पछिल्लो समय पर्यटनको विकास भइरहेको बताउँछन् ।

धरानबाट चिन्डेडाँडा पुग्न कच्ची बाटो छ । हिँडेर जाँदा करिब एक घन्टा लाग्छ भने मोटरसाइकल वा गाडीमा जाँदा १५ देखि २० मिनेटमा पुगिन्छ ।

सर्दु खोलामा पुल निर्माण भएपछि चिन्डेडाँडा पुग्न सहज भएको छ । अझै कच्ची बाटो भएकाले कतिपयले अप्ठ्यारो मान्ने गरेका कारण राम्रो बाटो बनाउन ध्यान दिनुपर्ने अवस्था रहेको व्यवसायी मगर बताउँछन् ।

धरानका नगरप्रमुख हर्क साम्पाङको नेतृत्वमा हाल चिन्डेडाँडा क्षेत्रमा किरात राई समुदायका देउता सुम्निमा पारुहाङको प्रतिमा निर्माण गरिने भएको छ ।सुम्निमा पारुहाङको प्रतिमा स्थापनापछि यो क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढ्ने नगरप्रमुख साम्पाङको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज