Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लोसपा विवाद उत्कर्षमा : ठाकुर बैठक बोलाउँदै, महतो पार्टी फुटाउँदै

Author Avatar साझा न्यूज 31st January 2024 , 2:13 PM
लोसपा विवाद उत्कर्षमा : ठाकुर बैठक बोलाउँदै, महतो पार्टी फुटाउँदै

काठमाडौं : लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच बोलचाल नभएको एक महिना भयो। अध्यक्ष ठाकुरले ‘पूर्वसहमति’ पालना नगरेको भन्दै महतो तीव्र असन्तुष्ट छन्। ‘अब एकै ठाउँ बस्न नसकिने’ भन्दै महतोले अर्कै पार्टी गठनको तयारी गरिसकेको उनी निकट नेताहरू बताउँछन्।

०७८ भदौ २ मा ठाकुर र महतोलगायतका नेताहरू मिलेर लोसपा गठन गरे। त्यसबेला जसपा छोडेर पार्टीमा आएका सबै नेतालाई केन्द्रीय समितिमा लैजाने पूर्वसहमति थियो। तर, अध्यक्ष ठाकुरले असोज ८ गते केन्द्रीय समिति एकपक्षीय विस्तार गरे।

महतो पक्षीय नेताहरूलाई बाहिरै राखियो। महतो पक्षीय नेताहरू समेटिएनन्। महतोले मंसिर २४ गतेको केन्द्रीय समिति बैठक बहिस्कार गरे। पछिल्लोपटक सशस्त्र प्रहरीका असई थमन विक हत्याकाण्डमा लोसपासहितका नेतालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनायो। त्यस प्रकरणमा महतोले सरकार छोडेर आन्दोलन गर्नुपर्ने प्रस्ताव गरे। तर, ठाकुरले मानेनन्।

आफ्ना कुराको सुनुवाइ हुन छोडेको भन्दै महतो छुट्टै पार्टी गठनको तयारीमा जुटेको नेताहरू बताउँछन्। वरिष्ठ नेता महतो राष्ट्रिय मुक्तिको आन्दोलन गर्ने तयारीमा रहेको उनी निकट लोसपाका महासचिव केशव झा बताउँछन्। उनी भन्छन्, ‘हामी पार्टीबाट छुट्टिने अभियानमा लागिरहेका छौं। अब डेढ महिनापछि अभियानको घोषणा गर्दै छौं।’

अध्यक्ष ठाकुर भने पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने तयारीमा रहेको अर्का महासचिव मनिष मिश्रले बताए। पार्टीको नीतिविपरीत वरिष्ठ नेता महतोले काम गरेको भन्दै उनीमाथि कारबाही प्रक्रिया थालिने उनले संकेत गरे। उनले भने, ‘राजेन्द्रजी पार्टीको वरिष्ठ नेता नै हुनुहुन्छ। उहाँलाई अब बस्ने पार्टी बैठकमा हामी बोेलाउँछौं। पार्टीविरुद्ध कुनै गतिविधि गरेको वा बैठकमा नआए त्यो विषय केन्द्रीय बैठकको एजेन्डा बन्छ।’

दिल्ली सन्देशले तरंग

पार्टी अध्यक्ष ठाकुरसँग खटपट भएपछि वरिष्ठ नेता महतो एकसाता अघि दिल्ली गएका थिए। त्यहाँ उनले शक्ति केन्द्रसँग संवाद र छलफल गरेको नेताहरू बताउँछन। लोसपाका एक नेताले भने,‘राजेन्द्रजी इण्डिया जानुभएको थियो। राजनीतिक शक्तिसँग संवाद गरेर आउनुभएको छ।’ तपार्इं दिल्ली गएर त्यहाँका नेताहरूसँग भेटेको कुरा के हो ? भन्ने अन्नपूर्ण पोस्ट्को जिज्ञासामा  महतोले हाँस्दै भने, ‘त्यो त मिडियाले लेखी रहन्छन्।’ राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको महतोले बताए।

लोसपा पनि नछोड्ने अनि राष्ट्रिय मुक्ति आन्दोलन त्यहीँ बसेर कसरी बनाउनु हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो पनि छिट्टै बताउँछु। म छिट्टै क्लियर गर्छु। मधेसी, थारु, आदिवासी जानजाति, दलित, मुस्लिम सबैलाई जोडेर क्रान्तिबाटै मात्रै बहुल राष्ट्रिय घोषणा हुने नेता महतोको भनाइ छ।
‘नेपाललाई सबैको साझा फूलबारी भनियो,’ महतो भन्छन्, ‘तर, एकल जातीय राज्य चलिरहेको छ। अबको आन्दोलन साँस्कृतिक क्रान्तिकारीबाट सुरु हुने र त्यसले सबै जातजाति, धर्म, सम्प्रदायको अधिकार र पहिचान दिलाउँछ।’

महतो पक्षले आन्दोलनबाटै वैकल्पिक शक्ति निर्माण गर्ने भनेर राजनीतिक दस्तावेज बनाइरहेको छ। ‘लोसपाको कुरा मात्रै हामीले गरेका छैनौं,’ महतो पक्षका नेता झाले भने, ‘लोसपामा भएका कार्यकर्ताले मात्रै वैकल्पिक शक्ति निर्माण हुन सक्दैन नि !’

उनले सबै दलका क्रान्तिकारी युवाहरूलाई आफूहरूले बटुलेर आन्दोलनको दस्ता तयारी गरेको बताए। ‘एजेन्डा, विचारमा सहमति खोजिरहेका छौं। सहमत भयो भने तालिम दिन्छौं,’ उनले भने, ‘अब विकल्पसहितको विद्रोह गर्छौं। विकल्प भनेको बहुल राज्यको स्थापना गर्ने हो। यसका लागि राष्ट्रिय मुक्ति क्रान्ति गर्छौं।’

आन्दोलनको जगमा पार्टी फुटाउने

महतो पक्षधर नेताहरू लोसपामै बसेर आन्दोलनको तयारी गर्ने मनस्थितिमा छन्। महतो पक्षधर नेता झाले भने, ‘हामी पार्टी घोषणा गर्दैनौं, राष्ट्रिय मुक्ति क्रान्तिबाट बहुल राष्ट्रिय राज्य निर्माणका लागि अभियान चलाउँछौं।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज