Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

Author Avatar साझा न्यूज 28th November 2026 , 6:10 PM
प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

कपिलवस्तु, १२ मंसिर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) कपिलवस्तुले जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । लामो समयपछि जिल्ला स्तरीय रूपमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य मधुसुदन शरण चौधरीले ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने भावना विद्यार्थी तथा युवामा स्थापित हुनुपर्ने बताउनुभयो । पढाइका माध्यमबाट विद्यालयले पहिचान बनाए जस्तै नियमित खेलकुद गतिविधिले खेल क्षेत्रमा पनि विद्यालयको छुट्टै पहिचान स्थापित हुने उहाँको विश्वास थियो ।
उहाँले खेलकुद प्रतियोगितालाई वर्षमा कम्तीमा एक–दुई पटक निरन्तर आयोजना गर्न आयोजकलाई सुझाव दिँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले खेलकुदलाई स्वास्थ्य र राष्ट्रका लागि मात्र नभई व्यक्तिगत भविष्य निर्माण तथा पेसाका रूपमा समेत लिनुपर्ने बताउनुभयो । खेलकुद क्षेत्रमा व्यावसायिक सम्भावना र आम्दानीका अवसर बढ्दै गएको उल्लेख गर्दै उहाँले विद्यार्थीलाई खेलकुदमा आफ्नो क्षमता र योग्यता प्रस्तुत गर्न आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय क्रिकेट लगायतका खेलमा खेलाडीले राम्रो पारिश्रमिक प्राप्त गर्न थालेको उदाहरण दिँदै खेलकुदबाट पनि उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभयो ।
प्याप्सन कपिलवस्तुका अध्यक्ष धीरेन्द्र विक्रम सिंहले शिक्षासँगै खेलकुद र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निजी विद्यालयले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । उहाँले खेलकुदका माध्यमबाट विद्यार्थीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरका खेलाडीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दसैँ–तिहार लगायतका चाडपर्व र समय अभावका कारण विद्यार्थीको तयारीमा केही कमी आएको तथा अपेक्षाभन्दा कम सहभागिता भए पनि प्रतियोगितामा सहभागी विद्यार्थीलाई अध्यक्ष सिंहले स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतियोगितामा चार विधा समावेश गरिएको छ । जसअन्तर्गत कक्षा ६ देखि ८ सम्मका छात्रछात्रा बीच ब्याडमिन्टन, कक्षा १ देखि ५ सम्मका छात्रछात्राबीच १०० मिटर दौड, कक्षा ९ देखि १२ सम्मका छात्रछात्रा बीच २०० मिटर दौड तथा नर्सरी, एलकेजी र युकेजीका छात्रछात्रा बीच कुर्सी दौड प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र चौथो भएकालाई प्रमाण पत्र, मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा प्याप्सनका सल्लाहकार गणेशलाल कर्ण, प्राज्ञिक सल्लाहकार गुणकर गैह्रेसहित विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भर्खरै प्रकाशित

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज