Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

Author Avatar साझा न्यूज 28th November 2026 , 12:38 PM
परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

कपिलवस्तु । यौन तथा प्रजनन स्वास्थ्य अधिकारको संरक्षण र परिवार नियोजन सेवाको पहुँच विस्तार गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् । नेपाल परिवार नियोजन संघ दाङ शाखाले भालुवाङ आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी कार्यक्रममा सहभागी वक्ताहरूले समुदायस्तरमा सचेतना बढाउन र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने बताएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले महिलाले आफ्नो प्रजनन अधिकारका विषयमा खुलेर बोल्न पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले परिवार नियोजन र प्रजनन स्वास्थ्यलाई सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्थासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठले स्वास्थ्य सेवा र साधन उपलब्ध गराउने प्रयास भइरहे पनि समुदायमा दिगो सचेतना फैलाउन चुनौती रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका नेत्रलाल अर्यालले परिवार नियोजन सेवाले मातृ तथा शिशु स्वास्थ्य सुधार, अनिच्छित गर्भ रोकथाम र जन्मान्तर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । परिवार नियोजन सेवा प्रत्येक दम्पतीको अधिकार भएको उल्लेख गर्दै उहाँले सेवाको पहुँच र गुणस्तर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदीले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले समाचार सम्प्रेषणसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा परिवार नियोजनको कुल प्रचलन दर २६ प्रतिशत रहेको छ । त्यस्तै, परिवार नियोजनको अपूरो आवश्यकता तथा अनिच्छित गर्भसम्बन्धी सूचक २३ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशमा २१ हजार ४२७ गर्भपतन भएको तथ्याङ्कसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । १५ देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलामध्ये करिब चार जनामा एक जनालाई परिवार नियोजनको अपूरो आवश्यकता रहेको जनाइएको छ ।
नेपाल परिवार नियोजन सङ्घले लुम्बिनी प्रदेशका पाँच जिल्लामा शाखामार्फत र अन्य जिल्लामा परियोजनामार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।
कार्यक्रममा प्रदेशसभा सामाजिक विकास समितिका सदस्य, स्वास्थ्यकर्मी, लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

स्थानीय निर्वाचन निर्दलीय प्रणालीबाट गराउन नेपाल सद्भावना पार्टीको माग

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भारत लैजाँदै गरेको पाँच सय १४ बोरा खरबुजाको बिउ बरामद

भर्खरै प्रकाशित

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा विस्तारमा जोड

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल पक्राउ

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

लामो प्रतीक्षापछि मायादेवीका १४८ परिवारलाई जग्गाको स्वामित्व

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज