Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको ताम्रेश्वर महादेव मंदीरमा भक्तजनहरुको घुईचो

विक्रम सम्वत् १८७२ सालमा स्थापित २ सय वर्ष पुरानो मन्दिर

Author Avatar साझा न्यूज 8th March 2024 , 3:30 PM
कपिलवस्तुको ताम्रेश्वर महादेव मंदीरमा भक्तजनहरुको घुईचो

कपिलवस्तुकाे सदरमुकाम ताैलिहवामा रहेकाे ताम्रेश्वर महादेवकाे मन्दीर

साझा न्यूज । कपिलवस्तु
महा शिवरात्रीका अवसरमा कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको ताम्रेश्वर महादेवको मंदीरमा पुजाआजाका लागि भक्तजनहरुको विहानै देखि घुईचो लागेको छ ।

मंदीर परिसरका हजारौ भक्तजनहरुले आज विहान ४ बजे देखि नै ताम्रेश्वर महादेवको पुजा तथा भजन किर्तन गरेका छन् ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित यो मन्दिर २ सय वर्ष पुरानो मन्दिर हो । भक्तजनहरुको भीड व्यवस्थापनका लागि ठुलो संख्यामा नेपाल प्रहरी र शशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु खटिएका छन् ।

तत्कालीन अवस्थामा काठबाट निर्मित यो मन्दिर विक्रम सम्वत् १९२८ सालमा आगलागीबाट क्षति भए पछि १९३० सालमा पुर्ननिर्माण भएको थियो ।

मंदीर भित्र रहेको शिवलिंग सम्भवत नेपालकै ठुलो शिवलिंग रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले दावी गरे ।

मंदीरमा कपिलवस्तु, रुपन्देही, अर्घाखांची तथा भारतको सिद्र्धाथनगर र बलरामपुर जिल्लाका भक्तजनहरु समेत हजारौको संख्यामा हरेक वर्ष पुजा आजाका लागि आउने गर्छन् ।

जिल्ला आयुर्वेद अस्पताल, नेपाल प्रहरी श्रीमती संघ, सामुदायिक सेवा केन्द्र लगायतका संघ संस्थाहरुले मन्दिर परिसरमा स्वास्थ्य शिविर, प्रसाद वितरण लगायतका कार्यक्रमहरु संचालन गरेका छन् ।

भक्तजनहरुको भीडभाडको फाईदा उठाउंदै महिलाहरुको गहना तथा पुरुषहरुको पाकेट मार्ने जस्ता चोरीजन्य अपराधका घटनाहरु घटन नदिन मन्दिर परिसरमा सादा पोशाकका प्रहरीहरुको समेत परिचालन गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।

मंदीर परिसरमा साधु सन्त तथा भक्तजनहरुले भजन किर्तनगरी शिवआराधाना गरिरहेका छन् । मन्दिर बाहिरको बजारमा स्थानीय मेला समेत लागेको छ । यसै तौलेश्वरनाथ महादेव मंदीरको नामबाट जिल्ला सदरमुकामको नामाकरण तौलिहवा रहन गएको छ ।

शिवरात्रीका अवसरमा लुम्विनी प्रदेश सभाका सदस्यहरु सुधाकर पाण्डेय र मधुसुदन शरण चौधरी, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, पुर्वमन्त्री सुषमा यादव लगायतले ताम्रेश्वर महादेव मन्दिरमा पुजाआजा सम्पन्न गरेका छन् ।

कपिलवस्तुको शिवगढी मन्दिरमा समेत ठुलो मेला लागेको छ । वाणगंगा नगरपालिकाको भड्सडवामा पुर्व मन्त्री दीपकुमार उपाध्यायले निर्माण गर्नु भएको शिवमन्दिरमा समेत भक्तजनको पुजाआजाका लागि ठुलो भीड लागेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज