लवनी (कपिलवस्तु) । साझा न्यूज
शुद्धोधन गाउंपालिका वडा नं. ५ को फुलवापुर र श्रीनगर गाउंका आगलागी पिडित २२ घर परिवारलाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष आशुतोष सिंहको पहलमा नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाबाट उनीहरुलाई राहत वितरण गरिएको हो ।
वडा अध्यक्ष आशुतोष सिंहले आगलागी वस्तीमा पुगी पिडितहरुलाई त्रिपाल, कम्मल, लत्तापडा लगायतका सामाग्रीहरु वितरण गरेका थिए ।
सो अवसरमा शुद्धोधन गाउंपालिकाका कार्यपालिका सदस्य प्रिंस श्रीवास्तव, नेपाली कांग्रेसका युवा नेता परमेश्वर पाठक लायतको उपस्थिति रहेको थियो ।
















































