Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साउनको दोस्रो साता पुग्दा ७० प्रतिशत मात्र रोपाइँ

Author Avatar साझा न्यूज 26th July 2024 , 4:01 PM
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ

नेपालगन्ज, साउन ११ गते। साउनको दोस्रो साता पुग्दासम्म पनि बाँकेमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ। गत दुई सातादेखि वर्षा नहुँदा पानीको अभावमा रोपाइँ सुस्त हुन जाँदा ७० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।

यति बेलासम्म रोपाइँ सम्पन्न भइसक्नुपर्नेमा समयमा वर्षा नहुँदा अझैपनि ३० प्रतिशत बढी रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले बताउनुभयो।

उहाँले जिल्लाका अधिकांश किसानले आकाशे पानीको भरमा धान खेती गर्दै आएकोले नै आकाशबाट समयमा पानी नपर्दा रोपाइँमा ढिलाइ हुँदै गएको बताउनुभयो। दुई साता अघि परेको पानीले बिउ राख्ने र केही दिन रोप्ने काम गरिए पनि अहिले खेतमा पानी नहुँदा रोपेका खेत पनि सुक्न थालेको प्रमुख खाँले बताउनुभयो।

अन्य पालिकाको तुलनामा सिचाइँ सुविधा बढी भएको राप्ती सोनारी गाउँपालिकामा हालसम्म सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भइसकेको र अन्य पालिकामा ६० देखि ७० प्रतिशत मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। डुडुवा, जानकी र बैजनाथमा सबैभन्दा कम रोपाइँ भएको सो कार्यालयले जनाएको छ।

एक पटक केही दिन नरोकिएर वर्षा हुने हो भने जिल्लामा रोपाइँ सम्पन्न गर्न एक साता मात्र लाग्ने कृषि ज्ञान क्रेन्द्रका अधिकृत रामप्रकाश यादवले बताउनुभयो।

असार १५ गते धान दिवस मनारइरहँदा जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउसमेत राख्न पाएका थिएनन्। सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो। तर पछि केही दिन वर्षा भएकोले रोपाइँमा प्रगति भएको हो।

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार पाँच सय हेक्टर खेतीयोग्य जग्गा छ। सोमध्ये अधिकांशमा सिचाइँ सुविधा नभएकोले धान खेतीका लागि किसान आकाशे पानी कुर्न बाध्य छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज