Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साझा प्रकाशनको अध्यक्षमा गिरी

Author Avatar साझा न्यूज 22nd February 2025 , 9:41 PM
साझा प्रकाशनको अध्यक्षमा गिरी

ललितपुर । साझा प्रकाशनको २५औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन भएका छन् । शनिबार साधारणसभाबाट अध्यक्ष र एक महिलासहित तीन सञ्चालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा। डा। ध्रुव घिमिरे र मनोहर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र बसुधा पाण्डे बस्नेत निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्यसचिव भेषराज घिमिरेले जानकारी दिए ।

साधारणसभाको उद्घाटनसत्रमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संस्थागत रूपमा निर्णय गरेर साझाका किताब सहजै बिक्री हुने व्यवस्था गरिनुपर्नेमा जोड दिएका थिए । नवनिर्वाचित नेतृत्वलाई साझा प्रकाशनलाई चलायमान बनाउन सक्ने क्षमता विकास गर्न सुझाव उनले दिए ।

उनले सम्पर्क मन्त्रालयका सबै कागजात छाप्ने गरी यसलाई विकास गर्न आग्रह गरे । “म पनि यो संस्थाको सदस्य हुँ, साझाप्रति मेरो हार्दिकता छ । सरकारका सबै पुस्तकालयमा साझा प्रकाशनका किताब हुनुपर्छ,” थपलियाले भने ।

उनले आमाबाबु, साहित्य र किताब कहिल्यै भूतपूर्व नहुने बताए । साहित्यको विकास र संस्कृतिको संरक्षणमा साझाले उत्कृष्ट काम गर्न सक्नुपर्ने उनले धारणा राखे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले साझा प्रकाशनको व्यवस्थापनका निम्ति सरकारसँग गम्भीरतापूर्वक कुरा गर्नुपर्ने आवश्यकता औँल्याए । “अब कार्यसमितिले व्यवस्थापकीय योजना बनाउला, अरू चार–पाँचवटा संस्थाका छपाइ आउँदा पनि साझाले धेरै उपलब्धि हासिल गर्न सक्छ । आजको उत्साह चार–पाँच वर्षसम्म रहोस्,” उनले भने, “समितिको बैठकमा विभिन्न मन्त्रालयका पदाधिकारीहरू सदस्य हुने तर केही समयमै हट्ने व्यवस्था पनि हट्नुपर्छ । सरकारले दिने पदाधिकारी पनि चार वर्षसम्म एउटै हुने व्यवस्था हुनुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

भर्खरै प्रकाशित

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज