Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपालगन्जमा राष्ट्रिय खुला पौडीको तयारी

Author Avatar साझा न्यूज 28th October 2025 , 2:12 PM
नेपालगन्जमा राष्ट्रिय खुला पौडीको तयारी

धम्बोझी, कात्तिक ११ गते । नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसीपको दोस्रो संस्करणको तयारी तिव्र गतिमा अगाडि बढिरहेको छ ।

प्रतियोगितामा सहभागिताका लागि सोमबार सम्म एक सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबले जानकारी गराएको छ । प्रतियोगिता नेपालगन्ज रङ्गशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ ।

प्रतियोगिताको व्यवस्थापकीय तयारीका लागि नेपाल पौडी सङ्घका प्राविधिकहरूले सोमबार नेपालगन्ज पौडी पोखरीको निरीक्षण गर्नु भएको छ । काठमाडौँबाट आउनुभएका प्राविधिक प्रतिनिधिहरू विष्णु खड्का, अनिष महर्जन, दीपक सागर सिंह सहितको टोलीले रङ्गशालामा गएर पौडी पोखरीको निरीक्षण गरेको छ ।

प्रतियोगिताको तयारीलाई तिव्रताका साथ अगाडि बढाइरहेको आयोजक नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो । प्रतियोगिताले नेपालगन्जमा पौडी खेलाडीको सङ्ख्या बढाउनुका साथै पौडीको स्तरलाई समेत बढाउन सहयोग गरिरहेको न्यौपानेले बताउनुभयो ।

प्रतियोगितामा यु–८, यु–१०, यु–१२, यु–१४, यु–१७ र अतिरिक्त उमेर समुहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई अतिरिक्त पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा यु–८ समुहका खेलाडीले २५ मिटर, यु–१० उमेर समुहले ५० मिटर, यु–१२ र यु–१४ उमेर समुहले ५० र १०० मिटर तथा खुला समुहका खेलाडीले २०० मिटर र ४०० मिटरको इभेन्ट्समा प्रतिस्पर्धा गर्नुहुने छ । प्रतियोगितामा ५६ वटाइभेन्ट्स समावेश गरिएको पौडी आयोजक नेपालगन्ज स्वीमिङ क्लबका वरिष्ट उपाध्यक्ष सुर्यमणी अधिकारीले बताउनु भयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपाल पौडी सङ्घका केन्द्रिय अध्यक्ष जगतमान श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका पदाधिकारी लगायतका अतिथीहरूको सहभागिता रहने छ ।

नेपाल पौडी सङ्घसँग सहकार्य गरेर आयोजना गर्न लागिएको प्रतियोगितामा नेपालगन्ज न्युरो अस्पताल, सिद्धार्थ बैँक, जस्मिन पेन्ट्स, क्रिस्टिलो वाटर, वाल्किन र डटवर्कले सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

भर्खरै प्रकाशित

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज