Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

Author Avatar साझा न्यूज 4th November 2025 , 11:48 AM
आउँदो पुसमा राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग हुने

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष ‘ए’ डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ । हिजो एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको बैठकपछि आउँदो पुसदेखि राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा ‘होम एन्ड अवे’ ढाँचामा ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको हो ।

राष्ट्रिय लिगभन्दा अगाडि मकवानपुरमा एन्फा प्रेसिडेन्ट लिग पनि हुनेछ जहाँबाट चार वटा टोलीले राष्ट्रिय लिगमा स्थान बनाउने छन् । राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष छ मा रहेका टोली र प्रेसिडेन्ट लिगबाट गएका चार टोली गरी १० टोलिको प्रतिस्पर्धा हुनेछ ।

यही वर्षकाे पुस ९ देखि शुरु हुने राष्ट्रिय लिगको विजेता टोलीले एएफसी च्यालेन्ज लिगमा सहभागिता जनाउनेछ । हिजोको सहमतिले साढे तीन वर्षभन्दा बढी समयपछि मात्र लिग आयोजना हुनेछ । क्लबहरूले समेत एन्फाको प्रस्ताव अनुसार लिग खेल्न नपर्ने र ‘ए’ डिभिजन हैसियत पनि बाँकी नै रहने भएपछि सहमति जनाएर हस्ताक्षर गरेका छन् ।

‘ए’ डिभिजन हैसियतका १४ क्लबले अर्को वर्ष हुने एन्फा चुनावमा भाग लिन पनि पाउने भएका छन् । ‘ए’ डिभिजनका १४ वटै क्लबलाई एन्फा निर्वाचनमा मताधिकार रहने व्यवस्था छ । राष्ट्रिय लिग भएपछि कुनै पनि क्लब रेलिगेसनमा जाने छैनन् भने २०७९ सालको लिगका शीर्ष छ क्लबले मात्र लिग खेल्न पर्नेछ ।

पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिजन लिग फुटबल आयोजना भएको थियो । त्यो संस्करणमा चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो । त्यसपछि एन्फाले लिग गर्न सकेको छैन । लिग नभएकै आठ सय ७६ दिन बितेको छ । नयाँ सहमति अनुसार लिग हुन अझै चार सय १० दिन बाँकी छ । यस हिसाबले लिग झन्डै चार वर्षपछि मात्र हुने भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

भर्खरै प्रकाशित

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज