तौलिहवा(कपिलबस्तु), पुस ६ गते । कपिलबस्तु नगरपालिका वडा नंं २ बर्दहवा स्थित श्री गौतम बुद्ध आधारभूत विद्यालयमा एक दिने निःशुल्क आँखा शिविर गरिएको छ । उक्त शिविरबाट विद्यालयका १ सय ३४ जना बालबालिकाहरुको आँखा परिक्षणका साथै आवश्यक औषधि वितरण गरिएको हो ।
नेपाल भारत मैत्री सङ्घ केन्द्रीय समिति, कपिलवस्तु नगरपालिका, नेपाल अर्बुद रोग निवारण संस्था कपिलवस्तुको सहयोग र सिद्धार्थ नेत्रालयको सहकार्यमा सामाजिक विकास परिषद् नेपालको आयोजनामा उक्त शिविर आयोजना गरिएको थियोे ।
शिविरमा सिद्धार्थ नेत्रालयका डा. सुदन वाग्ले नेतृत्वको तीन सदस्यीय चिकित्सक टोलीले बालबालिकाको जाँच गरेको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीले नगरपालिकाभित्र रहेका ५२ वटै विद्यालयमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । यस्ता कार्यक्रमले बालबालिकाको स्वास्थ्य अवस्थाबारे समयमै पहिचान भई पठनपाठनमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।
नेपाल अर्बुद रोग निवारण संस्थाकी सचिव इन्दिरा देवकोटा, विद्यालयकी प्रधानाध्यापक सुजाता सुवाल, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा विभिन्न समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
















































