Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार पठाइँदै

Author Avatar साझा न्यूज 22nd December 2025 , 11:37 AM
सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार पठाइँदै

काठमाडौँ, पुस ७ गते ।  राष्ट्रिय किताबखानाले तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने  बताएको छ ।

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलको नेतृत्वमा पुस ६ गते आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयका प्रतिनिधि लगायत सरोकारवाला निकायको समन्वयमा बसेको बैठकमा सम्पत्ति विवरण सम्बन्धित अन्तिम विवरणमाथि समीक्षा सम्पन्न भएको छ ।

४.४ प्रतिशतले बुझाएनन्

महानिर्देशक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका ७२ हजार २१४ मध्ये ६८ हजार ९८४ ले सम्पत्ति विवरण बुझाएका छन् । ४.४ प्रतिशत अर्थात् तीन हजार २३० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।

उहाँले सम्पत्ति विवरण नबुझाउने कर्मचारीको नामावली सङ्घीय मामिला तथा सामान्यप्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान र सतर्कता केन्द्रमा पठाइने बताउनुभयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) , अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ (क )को उपदफा १ र निजामती सेवा नियमावली २०५० को नियम ११८ (१) बमोजिम सार्वजनिक पद धारण गरेको पदाधिकारीले पद धारण गरेको मितिले पहिलो पटक ६० दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा आफ्नो चल/अचल सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

यसैगरी, मनासिव कारणबाहेक तोकिएको म्यादभित्र सम्पत्ति विवरण नबुझाउनेलाई दस हजार जरिवाना हुने व्यवस्था छ ।

उहाँका अनुसार प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवाका कर्मचारी, न्यायाधीश, अध्ययन, अनुसन्धानमा रहेका तथा विदेशमा रहेका कर्मचारीले सो विवरण बुझाउनुपर्दैन ।

उहाँले सम्पत्ति विवरण नबुझाउने कर्मचारी उपर अख्तियारबाट जरिवानाको निर्णय भई कार्यान्वयन गर्न निर्देशन प्राप्त भएको अवस्थामा सबै मन्त्रालय, प्रदेश सरकार र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा आवश्यक कारबाही हुने जानकारी दिनुभयो ।

हटाइयो दस वर्षदेखि निष्क्रियढ कर्मचारी 

पोखरेलले पछिल्लो समय विगत दस वर्षदेखि पीआईएस प्रणालीमा अद्यावधिक नभएको, सम्पत्ति विवरण बुझाएको नपाइएको र सम्पर्क स्थापित हुन नसकेका कुल एक हजार २६५ कर्मचारीको विवरण प्रणालीबाट हटाइएको छ । उहाँले आफ्नै नेतृत्वमा पहिलेदेखि कार्यरत नरहेका तर प्रणालीमा रहेका कर्मचारी कार्यदल बनाई छानबिन गरी हटाइएको बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय किताबखानाले प्रयोग गरिरहेको कर्मचारी सूचना प्रणालीमा वास्तवमा कार्यरत कर्मचारीको सङ्ख्या र विवरण देखिन्छ । अहिले कुल ८६ हजार ३१५ मध्ये एकैपटक घटेर ८५ हजार १९ मा पुगेको छ ।

उहाँले भन्नुभयो, “विगत दश वर्ष अथवा सोभन्दा धेरै वर्ष अगाडिदेखि काम नगरेका तर प्रणालीमा रहेका कर्मचारी हटाइएको छ । कसैको मृत्यु भयो, कोही सेवानिवृत्त हुनुभयो, कोहीले राजीनामा दिनुभयो । तर प्रणालीमा यो विवरण अद्यावधिक, शुद्धीकरण भएन ।”

उहाँका अनुसार राष्ट्रिय किताबखानाको प्रणालीमा आबद्ध कर्मचारीको सङ्ख्या, कार्यालय, पद, सेवा, समूह, उप–समूह, वतन लगायतका विविध चार लाख आठ हजारभन्दा बढी सूचना या त अपूर्ण या त अशुद्ध  छन् ।

उहाँले यो विषय कर्मचारी इन्फरमेसन बैङ्कका लागि गम्भीर चुनौतीको विषय रहेको बताउनुभएको छ ।

यही पुस महिनाभित्र पहिलो चरणको सुधार अन्तर्गत निवृत्त कर्मचारीको भौतिक उपस्थिति नचाहिने गरी ‘फेसलेस सर्भिस’ सुरु गरिने र आगामी तीन महिनाभित्र दोस्रो चरणको सुधार सुरु गर्ने गरी ‘ई–पेन्सन सेवा’ सुरु गर्ने गरी कार्यक्रम अघि बढेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज