Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हुस्सु र कुहिरोले अधिकांश हवाइ उडान अवरुद्ध

Author Avatar साझा न्यूज 23rd December 2025 , 2:22 PM
हुस्सु र कुहिरोले अधिकांश हवाइ उडान अवरुद्ध

नेपालगन्ज, पुस ८ गते । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिविलिटी नपुग्दा मंगलवार दिउँसोसम्म नेपालगन्ज बिमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मंगलवार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीत लहरले नेपालगन्ज बिमानस्थल बन्द रहेको हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो ।

हुस्सु र कुहिरोका कारण ४०० देखि ६०० मिटर मात्र भिजिविलेटी हुँदा विमानस्थल बन्द रहेको र सोही कारणले नेपालगन्जबाट पहाडी जिल्ला र काठमाडौंका लागि हुने कुनै पनि उडान मंगलबार दिउँसो १ बजेर ५० मिनेटसम्म नभएको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ ।

हवाई उडानका लागि आवश्यक पर्ने भिजिविलिटी नहुँदा उडान शुरु गर्न नसकिएको विमानस्थल टावरले जनाएको छ । नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारीअनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनु पर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलेटी हुनुपर्नेमा मंगलबार दिउँसो एक बजेर ५० मिनेटसम्म ६०० भन्दा बढी भिजिबिलेटी नभएकाले उडान सुरु गर्न नसकिएको हो ।

विमानस्थल बन्द रहेकाले यहाँबाट पहाडि जिल्लाका लागि विहान हुने सबै उडान रद्द गरिएका छन् । काठमाडौंका लागि हुने सबै उडान अवरुद्ध भएका छन् । सोमवार पनि दिउँसो १ बजेर ३० मिनेटपछि मात्र नेपालगन्ज विमानस्थल खुलेपछि हवाई उडान भएका थिए । त्यसअघि विहानका सबै उडान अवरुद्ध भएका थिए ।

नेपालगन्जका लागि काठमाडौंबाट विहान ७ बजेर २० मिनेटमा बुद्ध एअरको जहाज उड्ने नियमित तालिका भए पनि नेपालगन्ज विमानस्थल बन्द रहेका कारण हालसम्म पनि उड्न नसकेको बुद्ध एअर नेपालगन्जका प्रमुख विनित विक्रम शाहले बताउनुभयो ।

उहाँले नेपालगन्ज विमानस्थल खुलेपछि मात्र काठमाडौंबाट जहाज उडाइने जानकारी गराउनुभयो । नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान गर्दैआएको छ । सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लामा पनि विहान बढी उडान हुने गरेका छन् ।

नेपालगन्जबाट हवाई उडान अवरुद्ध भएपछि काठमाडौ र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्रुहरु समस्यामा परेका छन् । टिकेट लिएका अधिकांश यात्रुहरु जहाजको प्रतिक्षामा विमानस्थलमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज