Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुधारिएको खाद्य प्रणाली परियोजना क्षेत्रको संयुक्त अगुगमन

Author Avatar साझा न्यूज 23rd December 2025 , 8:51 PM
सुधारिएको खाद्य प्रणाली परियोजना क्षेत्रको संयुक्त अगुगमन

साझा न्यूज । कपिलवस्तु
विएमजेड को आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको संयुक्त साझेदारीमा संचालित सुधारीएको खाद्य प्रणाली परियोजनाका गतिविधीहरुको बारेमा कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यसमिति पदाधिकारी र पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरिएको छ ।

कालिकाका उपाध्यक्ष प्रशान्त कार्कीको नेतृत्वमा कोषाध्यक्ष प्रवीण श्रीवास्तव सहितको कार्यसमिति टोली र पत्रकाहरुले यशोधरा गाउंपालिका र शुद्धोधन गाउंपालिकामा परियोजनाबाट गरिएका गतिविधीहरुको अवलोकन गरेका छन् ।

अनुगमनका क्रममा यशोधरा गाउंपालिका वडा नं. ३ हर्दिहवा गाउंमा निर्माण गरिएको पोषण वगैचा निकैनै आकर्षक र उदाहरणीय देखिएको छ । हर्दिहवाका स्थानीय राम पियारे यादवले घर किनारमा बनाएको पोषण वगैचामा राजमा, टमाटर, केरमुवा साग, रायो साग, चुकन्दर, गांजर, लसुन, सोवा पालक, खुर्सानी, गोभी, सेमी, गांठगोभी, करेला लगायतका तरकारीहरु लगाईएको छ ।

परियोजनाले सिकाए अनुसार पोषण वगैचामा कृषकहरुले रसायनिक मल र विषादीको प्रयोग विना झोलमोल, प्रांगारिक मल र गड्यौला मलको प्रयोगबाट आर्गेनिक तरकारी खेती गरेका छन् । आफ्नो घरमा खानका लागि भए पनि विषादी रहित र रसायनिक मलखादको प्रयोग विना उत्पादन गरिएको तरकारीले परिवारको पोषणको अवस्थामा सुधार आउने थाहा पाए पछि राम पियारेले पोषण वगैचा मार्फत आर्गेनिक तरकारी खेती शुरु गरेको बताए ।

यसै गरी यशोधरा गाउंपालिका वडा नं. ८ मधुनगरा गाउंकी शारदा पासीले पनि पोषण वगैचा मार्फत आर्गेनिक तरकारी खेती व्यवस्थित ढंगबाट गरेको अवस्था अनुगमनका क्रममा देखिएको संस्थाका उपाध्यक्ष प्रशान्त कार्कीले बताए ।

मधुनगरा गाउंकै मिना पासीले घरमा संचालन गरेको कुखुरा पालन व्यवसाय, हेण्डपाईपको पानी संरक्षण र सरसफाईका लागि गरिएको सोकपिट तथा हेण्डपाईपको प्लेटफर्म निर्माण कार्यको पनि अनुगमन गरियो, उपाध्यक्ष कार्कीले भने, “समूहका सदस्यहरुले गरेका कामहरु वास्तवमै उदाहरणीय छन्, जो गाउंका अन्य सर्वसाधारणहरुका लागि नौलो सिकाई हुन सक्छ ।”

अनुगमनका क्रममा शुद्धोधन गाउंपालिकाको लवनीमा संचालनमा रहेको कुक सम्वन्धी सीप विकास तालिमका सहभागीहरुसंग सानो अनुभव शेयरिंग कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष प्रवीण कुमार श्रीवास्तवले बताए । सो अवसरमा तालिमका सहभागीहरु शुद्धोधन गाउंपालिका वडा नं. १ प्रगति नगरका खड्क बहादुर थापा मगर, शुद्धोधन गाउंपालिका ४ मधुनगराकी पुजा कलवार लगायतले आफुहरुलाई कुक तालिम निकै फलदायी हुने बताए । ३ सय ९० घण्टा अर्थात् ६५ दिने यो तालिम संचालन हुनेछ ।

तालिम पुरा गरे पछि आफुहरुले आफ्नै गाउं ठाउंमा चिया नास्ताको स्तरीय होटल संचालन गर्न सक्ने, विदेशमा हेल्पर कुकको काममा जान पाईने वा शहरमा खुल्दै गरेका स्टार होटलहरुमा किचनमा काम गर्न अवसर पाउनेमा सहभागीहरु खुशी देखिन्छन् ।

यसै गरी भुमिहिन व्यक्ति दुर्गा प्रसाद पासीले परियोजनाबाट मोटरसाईकल रिपेंरिगं ताालिम पाई सके पछि स्वरोजगार वनेको अवस्थाको पनि अवलोकन गरिएको छ । परियोजनाबाट आफुले सीप त सिके यसको साथै करीब ६० हजार रुपैया बराबरको मोटरसाईकल मर्मत गर्ने टुस्ट तथा सामाग्री, हावा भर्ने मेशिन, मोटरसाईकल धुने मेशिन लगायतका सामाग्र्री पाए पनि आफुले आफ्नो सानो पसल शुरु गरेको दुर्गा पासीले बताए । यस अघि उनलाई मेहनत मजदुरी गरेर छाक टार्न गाह्रो थियो भने आज भोलि मोटरसाईकल मर्मतको कामबाट दैनिक ७।८ सय रुपैया सजिलै कमाई रहेका छन् ।

अनुगमन टोलीले शुद्धोधन गाउंपालिका वडा ४ ठुलो महादेवमा स्थानीय समूह सदस्य उर्मिला मौर्यको व्यवसायिक तरकारी खेती प्लटको पनि अवलोकन गरिएको कार्यक्रमका एक अधिकृत अशोक चन्द्र लम्सालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज