साझा न्यूज । मायादेवी (कपिलवस्तु)
नेटुवा समुदायको नेतृत्व विकासका लागि बि.एम.जेड÷डब्लु.एच.एचको आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको आयोजना अन्र्तगत सुधारिएको खाद्य प्रणाली परियोजनाको सहयोगमा ३ दिवसिय नेतृत्व बिकास तथा संस्थागत ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरिएको छ । मायादेवी गाउंपालिका वडा नं. २ अभिराव स्थित नेटुवा विकास केन्द्रका कार्यसमितिका पदाधिकारी र साधारण सदस्य गरी २० जनालाई सो तालिम प्रदान गरिएको हो ।
नेटुवा लगायत सामाजिक रुपमा पछाडी पारिएको बर्ग, समुदाय र समुहको क्षमता अभिवृद्धि मार्फत शोषण रहित समाजको सृजना गर्ने र नेटुवा, महिला, बालबालिका, युवा, दलित, मधेशी, मुस्लिम, वाल श्रमिक बर्गहरुको जनचेतना तथा आयआर्जन मार्फत आर्थिक सामाजिक सशक्तिकरण गर्दै समुन्नत समाज निर्माण गर्ने उद्धेश्यले नेतृत्व विकास तथा संस्थागत व्यवस्थापन तालिम प्रदान गरिएको हो । परियोजनाको सहयोग र समन्वयमा मायादेवी गाउंपालिका वडा नं. २ अभिरावमा नेटृवा विकास केन्द्र विक्रम सम्वत् २०८० सालमा स्थापना गरिएको हो ।
तालिममा समाज, संगठन, सामाजिक परिचालन, नेटुवा समाजको अवस्था, समूह र संस्था (नेटुवा विकास केन्द्र), सामाजिक कुरितिहरुको पहिचान र समस्याका समाधानका विषयमा प्रशिक्षक संजय कुमार पासी र अशोक लम्साल तालिम प्रदान गरेका थिए । यसै गरी सकारात्मक सोच अभिबृद्धि गर्ने पाईलाहरु, नेता र नेतृत्व, सकारात्मक नेतृत्व अभिबृद्धि गर्ने पाईलाहरु, नेतृत्व र तनाव, तनाव ब्यवस्थापन, संस्था ब्यवस्थापनमा नेतृत्वको भूमिकाका विषयमा पनि तालिममा छलफल गरिएको थियो । तालिममा नेतृत्वमा द्धन्द्ध ब्यवस्थापन, पैरवी र सामाजिक अभियान, पैरवी चक्र, पैरवी योजना निर्माण, गरिवीका मूल कारणहरुको बर्गिकरण, स्थानिय निकायले प्रवाह गर्ने सेवाहरुका बारेमा पनि छलफल गरिएको थियो ।
पैरवी र सामाजिक अभियान, पैरवी चक्र, पैरवी योजना निर्माण, गरिवीका मूल कारणहरुको बर्गिकरण, स्थानिय निकायले प्रवाह गर्ने सेवाहरु र सवालहरुको छनौट प्रकृया र योजना तर्जुमा प्रकृया बिषयमा तालिम दिईएको थियो । तालिममा २० जना सहभागिहरुको उपस्थिती रहको थियो । तालिमको सहजिकरण संजय कुमार पासी र सोहि परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक लम्सालले गरेका थिए ।
नेटुवा समुदाय वास्तवमा फिरन्ते कर्म गरी मागी खाने जात हुन् तर उनीहरु नेपालको लोपोम्पुख जात जातिको सुचीमा दर्ता छैनन् । राज्यबाट अन्य लोपोन्मुख जातिलाई प्रदान गरिने सेवा सुविधाबाट उनीहरु बन्चित छ्न् । उनीहरुलाई राज्यबाट संरक्षणको अधिकार प्रदान गराउन परियोजना अन्र्तगत हामीहरु सक्रिय भई लागि परेका छौं, वकालत अधिकृत लम्सालले भने,“यसका लागि उनीहरुलाई संगठित गर्ने र उनीहरुलाई विभिन्न खाले तालिमहरु प्रदान गरेर नेतृत्व विकास गरी स्वरोजगार तर्फ अघि बढाउने हाम्रो सोच हो ।”
















































