कपिलबस्तु, पुस १० गते । जिल्लाको विजयनगर गाँउपालिकाको डेडुवा जोत स्थि तभारत तर्फको जंगलमा जंगली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक महेश आचार्यका अनुसार कृष्णनगर नगरपालिका १० अमौलीकी उर्मिला कोरीको भारत तर्फको जंगलमा जंगली जनावारको आक्रमणबाट मृत्यु भएको प्रारंभिक सुचना आएको बताउनुभयो ।
सो घटनाबारे भारतीय सुरक्षाकर्मीसंग समन्वय भईरहेको उहाँले बताउनुभयो । घटनाबारे थप विवरण आउँन बांँकी रहेको छ ।
















































