Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचन अधिकृतको कार्यालय स्थापना

Author Avatar साझा न्यूज 31st December 2025 , 1:20 PM
निर्वाचन अधिकृतको कार्यालय स्थापना

माछापुच्छ्रे (कास्की), पुस १६ गते । राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) की नेतृ भगवती न्यौपानेको ६ वर्षे कार्यकाल पूरा हुन लागेकाले गण्डकीमा २ पदमा चुनाव हुन लागेको हो ।

महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चुनाव सम्पन्न गर्न कास्कीको न्यायाधीश हिमलाल बेलवासेलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृत बेलवासेले कार्यालय स्थापनाको अवसरमा चुनावलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

चुनावको तालिकामा पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचनमा यो पटक मतभार परिवर्तन भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ पुगेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ बाट बढेर १९ कायम भएको ढकालले बताउनुभयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा दीपक मनाङे भनिने राजीव गुरुङको पद खारेज भएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी नेपाली कांग्रेसको मतभार छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य २७ जनाको मत भार १ हजार ४ सय ३१ र स्थानीय तहका ६७ जनप्रतिनिधिको १ हजार २ सय ७३ मतभार गरी २ हजार ७ सय ४ छ । नेकपा (एमाले) को २२ प्रदेश सांसदको मत भार १ हजार १ सय ६६ र स्थानीय तहमा ७० जनप्रतिनिधिको मत भार १ हजार ३ सय ३० सहित २ हजार ४ सय ९६ मतभार रहेको छ ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी समूहसँग ७ सांसदको ३ सय ७१ मतभार र ३० स्थानीय जनप्रतिनिधि ५ सय ७० गरी ९ सय ४१ मतभार छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ सय ६, राष्ट्रिय जनमोर्चाको ५७ र नेपाल समाजवादी पार्टीको ५३ मतभार छ । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन सरोकार पक्ष सबैलाई आग्रह गरेको छ । कार्यालय स्थापनाको बेलामा विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज