Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऐरावती गाउँपालिकामा दिउँसो टिप्पर सञ्चालन रोक

Author Avatar साझा न्यूज 5th January 2026 , 1:02 PM
ऐरावती गाउँपालिकामा दिउँसो टिप्पर सञ्चालन रोक

प्युठान, पुस २१ गते । प्युठानको ऐरावती गाउँपालिकाले पालिका क्षेत्रको मुख्य सडकमा दिउँसोको समयमा टिप्पर सञ्चालन गर्न रोक लगाएको छ । गाउँपालिकाले चेरनेटा–बरौला–जोगिटारी सडकमा बिहान ८ देखि बेलुका ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लगाएको हो ।

मङ्सिर २३ गते बसेको कार्यपालिका बैठकको निर्णय कार्यान्वयन गर्न पालिकाले सूचना जारी गरेर उक्त समय बाहेक रातीको समयमा मात्र टिप्पर सञ्चालन गर्न पाउने जनाएको छ । बेलुका ५ बजेपछि बिहान ८ बजेसम्म मात्र टिप्पर चलाउन दिने निर्णय भएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । टिप्परले दुर्घटनाको जोखिम बढाएको व्यापक जनगुनासो आएपछि पालिकाले समयतालिका बनाएर लागू गर्न खोजेको अध्यक्ष शाहले बताउनुभयो ।

उक्त सडक खण्डमा पछिल्लो समय निर्माणका सामग्री बोक्ने टिप्पर नियमित रुपमा चल्दै आएका छन् । प्युठानबाट अर्घाखाँची निर्माणको सामानी ढुवानी हुने गर्ने टिप्परले सडक क्षेत्र आसपासका सर्वसाधारणले हैरानी भोगेको गुनासो गर्ने गरेका छन् ।

“सामान्य दुर्घटना त धेरै नै भइसकेको छ,” ५ नम्बर वडाका वडा अध्यक्ष चन्द्रबहादुर रोकामगरले भन्नुभयो, “ठुलो दुर्घटना भएको छैन, जोखिम भने धेरै छ ।” स्थानीयले टिप्परको विषयलाई लिएर निकै गुनासो गर्ने गरेको वडा अध्यक्ष रोकामगरले बताउनुभयो ।

चेरनेटा–बरौला सडक खण्डको कैरन–पकला सडक अघिल्लो वर्ष मात्र कालोपत्रे गरिएको छ । उक्त सडकलाई समेत अत्याधिक भार बोकेका टिप्परले बिगारेको स्थानीयको भनाइ छ । दर्जनभन्दा बढी टिप्पर एकसाथ चल्ने हुँदा पक्की सडक बिग्रने भन्दै स्थानीय चिन्तित छन् । निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज