Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

Author Avatar साझा न्यूज 14th January 2026 , 2:30 PM
निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

जनकपुरधाम, पुस ३० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैरदलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनु भएको छ ।

मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो ।

गृहमन्त्री अर्यालले यो नागरिक सरकार भदौ २३ र २४ गतेको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेनजी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको अवस्था स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो, “यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन ।’’

यस्तै, विशेष अतिथिको रूपमा आफ्ना उद्घाटन मन्तव्य राख्नु हुँदै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आजको गोष्ठीले मधेश प्रदेशको समग्र सुरक्षा अवस्था र आगामी निर्वाचनका लागि तय गरिनु पर्ने सुरक्षा रणनीति र निर्वाचन सफल पार्न फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।

मुख्यमन्त्री यादवले हालै तराईका केही क्षेत्रमा देखिन खोजेको धार्मिक साम्प्रदायिकता र जेनजी आदोलन पछि भएका भौतिक पूर्वाधारमा क्षति, लुटिएका हतियार र फरार कैदीबन्दी जस्ता सुरक्षा चुनौतीलाई गोष्ठीले सम्बोधन गरी समान धारणा बनाउने कुरा व्यक्त गर्नु भयो । उहाँले प्रदेश प्रहरी समायोजन र सङ्घीय प्रहरी ऐनको आवश्यकता औँल्याउँदै,  प्रदेशको प्रहरी भएन भन्ने नकारात्मक भाष्य बन्दै गएको र सङ्घको प्रहरी प्रदेशको अर्थात् (हाम्रो) हुन नसकेको प्रति कटाक्ष व्यक्त गर्नु भयो ।

मधेश प्रदेशका गृह, कानुन तथा सञ्चारमन्त्री फकिर महतोले प्रदेश प्रहरी ऐनको आवश्यकता औँल्याउँदै, प्रदेश प्रहरी समायोजनको कार्य अघि बढ्न नसक्दा प्रदेश संरचनामा नदेखिने रूपले सुरक्षा चुनौती थपिँदै गएको बताउनु भयो ।

स्वच्छ नियमनका लागि खुला सिमाना चुनौतीको रूपमा देखा परेको बताउँदै, मन्त्री महतोले भन्नु भयो, “त्यसका लागि जिल्ला प्रहरी र प्रदेश प्रहरीबिच र सशस्त्र प्रहरीबिच पनि समन्वयको आवश्यकता रहेको छ ।’’

उहाँले आजको गोष्ठी हाल सुरक्षा क्षेत्रमा देखिएका समस्याको पहिचान र यसका समाधानका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज