Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

Author Avatar साझा न्यूज 15th January 2026 , 12:01 AM
कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–१, बरोर्हियाकी ३५ वर्षीया तारा चाई आज सफल व्यवसायिक तरकारी किसानका रूपमा चिनिन थालेकी छन् । कहिल्यै घरबाहिर ननिस्कने परिवेशबाट आत्मनिर्भर व्यवसायी बन्नेसम्मको उनको यात्रा ग्रामीण महिलाका लागि प्रेरणाको उदाहरण बनेको छ ।
मधेसी समुदायको परम्परागत सामाजिक संरचनाले बुहारीलाई घरबाहिर निस्कन सीमित गरिन्थ्यो । तारा पनि यही परिवेशमा हुर्किइन् । सात सदस्यीय परिवार, सीमित शिक्षा र कमजोर आर्थिक अवस्थाले उनका छोराछोरीको भविष्यप्रति उनी सधैं चिन्तित रहन्थिन् ।
२०७६ सालतिर गाउँमा ‘परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना’ अन्तर्गत महिलाहरूका लागि बैठक सुरु भयो । तारा सहभागी हुन चाहन्थिन्, तर सुरुमा परिवारबाट अनुमति पाउन सकिनन् । पछि गाउँकै एक महिलाले श्रीमान्सँग छलफल गरेपछि उनी बैठकमा सहभागी हुन पाइन् । पहिलो बैठकमै ‘अन्नपूर्ण आत्मनिर्भर महिला समूह’ गठन भयो र समूहकी दिदीबहिनीहरूले उनलाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिए ।
समूहमा आबद्ध भएपछि तारा स्वास्थ्य, सरसफाइ, कुरीति र महिला सशक्तीकरणका विषयमा सक्रिय बन्दै गइन् । तर केवल सामाजिक गतिविधिले मात्र घरको आर्थिक समस्या समाधान नहुने बुझाइपछि उनले आफ्नै ६ कठ्ठा जमिनमा तरकारी खेती सुरु गरिन् ।
यसै क्रममा दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपालको सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गत उनलाई तीन दिने व्यवसाय योजना तालिम दिइयो । तालिमपछि समूहको सिफारिसमा व्यवसायिक खेतीका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भयो । त्यसपछि परिवारले वार्षिक ४० हजार रुपैयाँमा दुई बिघा खेत भाडामा लिएर व्यवसायिक तरकारी खेती विस्तार गर्‍यो ।
परिवारभित्र जिम्मेवारी बाँडफाँड गरियो । तारा र उनका श्रीमान् उत्पादनमा लागे, ससुराले बजार व्यवस्थापन सम्हाले, सासुले सहयोगी काम गरिन् भने विद्यालय बिदाका बेला छोराछोरी पनि खेतीमा हातेमालो गर्न थाले ।
हाल उनीहरूले फूलगोभी, बन्दागोभी, टमाटर, मटर, आलु, केरा र खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । यसबाट वार्षिक करिब सात लाख रुपैयाँ बराबरको आम्दानी हुन थालेको तारा बताउँछिन् । “अहिले बैंक र लघुवित्तमा खाता खोलेकी छु, परिवार र छोराछोरीको बीमा पनि गरिसकेकी छु,” उनी भन्छिन् ।
आज तारा चाई सफल किसानका रूपमा स्थानीय तहमा परिचित छिन् । वडा कार्यालय र कृषि शाखाबाट पनि उनले आवश्यक प्राविधिक सहयोग पाइरहेकी छन् । उनको सफलताबाट प्रेरित भएर सोही समूहकी अन्य महिलाले पनि व्यवसायिक खेती सुरु गरेका छन् । तारा चाईको कथा ग्रामीण महिलाको आत्मनिर्भरता र सम्भावनाको सशक्त उदाहरण बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज