Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गगनको उदय यात्रा : विद्यार्थी राजनीतिबाट सभापतिसम्म

Author Avatar साझा न्यूज 23rd January 2026 , 2:51 PM
गगनको उदय यात्रा : विद्यार्थी राजनीतिबाट सभापतिसम्म

ललितपुर, माघ ९ गते । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्विरोध निर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित एक समारोहबीच उहाँले सभापतिको पदभार ग्रहण गर्नुभएको हो । उहाँ नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिबिच पार्टी कार्यालय पुग्नुभएको थियो । यसअघि उहाँ पार्टीको महामन्त्रीका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

विद्यार्थी राजनीतिबाट केन्द्रीय नेतृत्वसम्म

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा उदाउनुभएका थापा नेपाली राजनीतिको प्रभावशाली युवा नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाउन सफल थापाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट प्रारम्भ भएको हो ।

मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापाका छोरा गगनकुमार थापाको जन्म २०३३ सालमा काठमाडौंमा भएको हो । सिद्धार्थ वनस्थली माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएका थापाको प्रारम्भिक चाहना डाक्टर वा इन्जिनियर बन्ने थियो । तर कक्षा ९ मा अध्ययनरत रहँदा २०४६ सालको जनआन्दोलनले उहाँलाई राजनीतिप्रति आकर्षित गर्‍यो ।

त्रिचन्द्र क्याम्पसमा अध्ययन थालेसँगै उहाँ विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । नेविसङ्घको सदस्य बनेका थापा २०५१ सालमा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्यमा निर्वाचित हुनुभयो । त्यसपछि विद्यार्थी राजनीतिमा उहाँको सक्रियता अझै बढ्दै गयो ।

स्ववियुमा सदस्य सचिव हुँदै सभापति बन्नुभएका थापा २०५५ सालमा स्ववियु सभापतिमा निर्वाचित भएपछि नेविसङ्घको केन्द्रीय राजनीतिमा प्रवेश गर्नुभयो । नेविसङ्घको उपाध्यक्ष र महामन्त्री हुँदै उहाँले सङ्गठनभित्र महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यही कालखण्डमा विभिन्न आन्दोलनका क्रममा पटक–पटक हिरासतमा पर्नुभएका उहाँ राजनीतिक सङ्घर्षका अनुभवी पात्र बन्नुभयो ।

 

आन्दोलन, सङंघर्ष र राष्ट्रिय राजनीतिमा उदय

वि.सं. २०५९ असोज १८ पछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको सरकारद्वारा थापासहित विद्यार्थी नेता गुरुराज घिमिरे र पुरुषोत्तम पौडेलमाथि राजकाज मुद्दा लगाइएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहको माघ १९ को कदमपछि पनि उहाँमाथि राजद्रोहसम्बन्धी मुद्दा लगाइयो ।

त्यसपछिको लोकतान्त्रिक आन्दोलनमा प्रखर वक्ताका रूपमा उहाँको प्रभाव व्यापक रह्यो । आन्दोलनका क्रममा उहाँको भाषण शैली र स्पष्ट विचारले आम नागरिक र राजनीतिक वृत्तमा विशेष ध्यान खिच्यो ।

नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य बनेपछि उहाँ १३ औँ महाधिवेशनबाट महामन्त्री पदमा विजयी हुनुभयो । साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा काम गर्दै केन्द्रीय शासन प्रणालीको अनुभवसमेत उहाँले प्राप्त गर्नुभएको छ ।

संसदीय यात्रा र हालको जिम्मेवारी

२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ काठमाडौं क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ विजयी हुनुभयो । थापाले २१ हजार ३०१ मत प्राप्त गर्दै नेकपा (एमाले) का उम्मेदवार डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गर्नुभएको हो । यही क्षेत्रमा २०७४ सालको निर्वाचनमा पनि उहाँले भट्टराईलाई पराजित गर्नुभएको थियो । यो विजय उहाँको संसदीय यात्राको तेस्रो सफल यात्रा हो ।

विद्यार्थी राजनीतिबाट केन्द्रीय नेतृत्वसम्मको लामो सङ्घर्षपूर्ण यात्रापछि नेपाली कांग्रेसको सभापति बनेका गगनकुमार थापाबाट पार्टीभित्र सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक नेतृत्वमा नयाँ ऊर्जा आउने अपेक्षा गरिएको छ ।

उहाँले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

प्रदेश प्रहरी तालिम केन्द्रको भवन उद्घाटन

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज