कपिलवस्तु , कपिलवस्तु क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पत्रकार चिन्ता परियार ले Right to Recall (जनताले जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) लाई आफ्नो मुख्य चुनावी एजेन्डा घोषणा गरेका छन् ।
नेपालको चुनावी इतिहासमा Right to Recall लाई स्पष्ट, औपचारिक र सार्वजनिक रूपमा चुनावी एजेन्डा बनाउने उनी देशकै पहिलो उम्मेदवार हुन् । परियारका अनुसार, एकपटक जितेपछि पाँच वर्षसम्म जनताप्रति जवाफदेही नहुने राजनीतिक संस्कृतिको अन्त्यका लागि यो व्यवस्था अनिवार्य छ।
उनले भने, “जनताले काम नगर्ने, भ्रष्ट वा घमण्डी प्रतिनिधिलाई बीचमै हटाउन पाउनुपर्छ । यही लोकतन्त्रको वास्तविक शक्ति हो, र यही मुद्दा लिएर म देशकै राजनीतिमा नयाँ बहस सुरु गर्दैछु।” Right to Recall लागू भएमा जनप्रतिनिधि सधैं जनताको निगरानीमा रहने र लोकतन्त्र थप उत्तरदायी हुने विश्वास परियारले व्यक्त गरेका छन् ।
















































