Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वतन्त्र उम्मेद्वार आशिषको बाणगंगा युवा परिचालनमा समाजसेवी खाँण

Author Avatar साझा न्यूज 24th January 2026 , 8:02 PM
स्वतन्त्र उम्मेद्वार आशिषको बाणगंगा युवा परिचालनमा समाजसेवी खाँण

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा चुनाव चिन्ह जीप लिएर चुनावी मैदानमा उत्रिएका छन्। ‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’ भन्ने नारासहित शर्माले शनिबार बाणगंगा नगरपालिका–स्थित बैरिया रहेको मायादेवी रिसोर्टमा युवाहरूसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा बाणगंगाका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा उम्मेदवार शर्माले युवालाई केन्द्रमा राखेर विकासको खाका अघि सारेका थिए। उनले भने, “अबको समय युवाको हो। कपिलवस्तुको मुहार परिवर्तन नभएसम्म ‘घर कहाँ हो ?’ भन्ने प्रश्नमा कपिलवस्तु भन्न हामीलाई अझै गाह्रो छ। म यो पटक परीक्षामा होमिएको छु, मलाई साथ दिनुहोस्। कपिलवस्तुको समग्र विकासका लागि म प्रतिबद्ध छु।”

शर्माले कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटन प्रवर्द्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने घोषणा गर्दै यी क्षेत्रको सुधारका लागि दिनरात नभनी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच, शर्माको प्रचार–प्रसार तथा चुनावी अभियानलाई सशक्त बनाउन बाणगंगामा राजकुमार खाँणको संयोजकत्वमा १४ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ। समितिको सह–संयोजकमा शिव थारु र मदन भट्टराई रहेका छन्।

समितिअन्तर्गत वडा नं. १ बाट दिपेन्द्र थापा, वडा नं. २ बाट कमल कार्की, वडा नं. ३ बाट सन्तराम थारु, वडा नं. ४ बाट कमल मल्ल, वडा नं. ५ बाट लक्ष्मण भुसाल, वडा नं. ६ बाट बसन्त पाण्डे, वडा नं. ७ बाट शंकर न्यौपाने, वडा नं. ८ बाट हरि मल्ल, वडा नं. ९ बाट रमेश आचार्य, वडा नं. १० बाट मदन केसी र वडा नं. ११ बाट बसन्त कँडेल सदस्य रहेका छन्। यस्तै, विद्यार्थी परिचालन समितिको संयोजकमा मनोज न्यौपाने चयन भएका छन्।

कार्यक्रममा सहभागी युवाहरूले नयाँ सोच र दृष्टिकोणसहितको युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राख्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा तथा पर्यटन प्रवर्द्धनलाई कपिलवस्तुको भविष्यसँग जोडिएको विषयका रूपमा उठाएका थिए।

युवाहरूलाई सम्बोधन गर्दै शर्माले भने, “अब हामीले अवसर गुमाउनु हुँदैन। कपिलवस्तुमा परिवर्तन ल्याउने जिम्मेवारी हाम्रो पुस्ताकै हो।”

कपिलवस्तुमा युवाहरूको बढ्दो सक्रियता र स्वतन्त्र उम्मेदवारको प्रतिबद्धताले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी माहोल थप चञ्चल बन्दै गएको छ। आगामी निर्वाचनमा यहाँको प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज