Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निष्क्रिय ३५ सहकारीको दर्ता खारेज

Author Avatar साझा न्यूज 27th January 2026 , 4:28 PM
निष्क्रिय ३५ सहकारीको दर्ता खारेज

काठमाडौँ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशले लामो समयदेखि निष्क्रिय रहेका ३५ वटा सहकारी संस्था खारेज गरेको छ। प्रदेश सहकारी ऐनको व्यवस्थाअनुसार निरन्तर कारोबारविहीन रहेका सहकारीहरूको दर्ता रद्द गरिएको कार्यालयले जनाएको छ।

रजिष्ट्रार कार्यालयका अनुसार माघ १० गते सार्वजनिक सूचना जारी गर्दै थप नौवटा सहकारी संस्थाको दर्ता खारेज गरिएको हो। यसअघि नै २६ वटा सहकारी खारेज भइसकेका छन्। गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) बमोजिम लगातार दुई वर्षसम्म कुनै आर्थिक कारोबार नगरी निष्क्रिय रहेका सहकारीहरू खारेजीको प्रक्रियामा ल्याइएको कार्यालयले स्पष्ट पारेको छ।

माघ ९ गतेको निर्णयअनुसार स्याङ्जाका चार, पर्वतका चार र नवलपुरको एक गरी कुल नौ सहकारी संस्था खारेज गरिएको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए। उनका अनुसार निष्क्रिय सहकारीहरूलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक हुन आग्रह गरिएको थियो। सो अवधिमा विवरण नआएका संस्थामध्ये यसपटक नौवटा खारेज गरिएका हुन् भने केही सहकारी अझै खारेजीको प्रक्रियामा रहेका छन्।

 

रजिष्ट्रार रिजालका अनुसार बागलुङ जिल्लामा पनि लामो समयदेखि निष्क्रिय रहँदै आएका र अद्यावधिकमा नआएका सहकारी संस्थालाई खारेज गर्ने तयारी भइरहेको छ। निष्क्रिय सहकारीसँग सम्बन्धित कुनै दायित्व बाँकी रहेमा ती दायित्व सम्बन्धित सञ्चालक तथा जिम्मेवार पदाधिकारीकै जिम्मामा रहने गरी खारेजी प्रक्रिया अघि बढाइएको उनले बताए।

हालसम्म गण्डकी प्रदेशको नियमन क्षेत्रभित्र रहेका ३५ सहकारी संस्था खारेज भइसकेका छन्। जिल्लागत विवरणअनुसार सबैभन्दा बढी १२ वटा सहकारी स्याङ्जामा खारेज भएका छन्। त्यसपछि गोरखामा ६, पर्वतमा ५, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २ तथा लमजुङ, बागलुङ र नवलपुरमा एक-एकवटा सहकारी संस्था खारेज गरिएको रजिष्ट्रार कार्यालयले जनाएको छ।

ऐनमा व्यवस्था भएअनुसार लगातार दुई वर्षसम्म विवरण तथा प्रतिवेदन पेस नगरी निष्क्रिय रहेका सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने प्रावधानका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले स्पष्ट पारेको छ। साथै खारेज भएका सहकारी संस्थाले तिर्न वा बुझाउनुपर्ने कुनै दायित्व बाँकी रहेमा सम्बन्धित सञ्चालक तथा जिम्मेवार व्यक्तिले भुक्तानी गर्नुपर्ने जानकारीसमेत दिइएको छ।

हालै खारेज गरिएका सहकारीमध्ये स्याङ्जाको वालिङ नगरपालिकास्थित टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड, चापाकोटा गाउँपालिकाको खड्क कालो कृषि सहकारी संस्था लिमिटेड र सरोवर कृषि सहकारी संस्था लिमिटेड रहेका छन्।

त्यस्तै पर्वतको कुश्मा नगरपालिकास्थित गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूर्णेश्वर कफी सहकारी संस्था लिमिटेड, पर्वत आदर्श नमूना कृषि सहकारी संस्था लिमिटेड तथा नवलपुरको हुप्सेकोट गाउँपालिकामा रहेको भूपूसैनिक सहकारी संस्था लिमिटेडको दर्ता पनि खारेज गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज