Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाइयो

Author Avatar साझा न्यूज 2nd February 2026 , 8:04 PM
समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाइयो

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ।

उम्मेदवारको योग्यता, उजुरी र दलहरूबाट प्राप्त जानकारीका आधारमा छानबिन गर्दा मापदण्ड पूरा नभएकाहरूको नाम हटाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रचलित कानुन बमोजिम तोकिएको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था तथा निर्वाचन आयोगले विभिन्न मितिमा गरेका निर्णयका आधारमा विवरण रुजु गरी यो निर्णय लिइएको हो।

आयोगले उम्मेदवारको विवरणमा रहेका त्रुटि र कानुनी अड्चनका आधारमा उनीहरूलाई बन्दसूचीबाट हटाउने निर्णय गरेको हो।

हटाइएका ७६ जनामध्ये सबैभन्दा धेरै २५ जना प्रदेश सभा सदस्यको बन्दसूचीमा समेत नाम समावेश भएका कारण अयोग्य ठहरिएका हुन्।

त्यसैगरी, कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना र सम्बन्धित राजनीतिक दलले नै नाम हटाउन लिखित अनुरोध गरेका १० जनाको नाम सूचीबाट हटाइएको छ।

अन्य कारणहरूमा २५ वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका १ जना र पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका २ जना रहेका छन्।

यस्तै, महिला उम्मेदवार पेस गर्नुपर्ने ठाउँमा पुरुषको नाम समावेश भएको १ जना र माथि उल्लिखितमध्ये एकभन्दा बढी अयोग्यताको कारण रहेका २ जना उम्मेदवारको नाम पनि हटाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज