Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

Author Avatar साझा न्यूज 10th February 2026 , 12:52 PM
कोइलाखानी विस्फोटमा मृत्यु भएका तीन नेपालीको उतै अन्त्येष्टि

खोटाङ, माघ २७ गते । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ।

शव नेपाल ल्याउने सम्भावना नभएपछि खोटाङका एकै घरका दाजुभाइ सहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो।

माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्सस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो। पूर्णबहादुर र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्।

तीनवटै शव नेपाल ल्याउन ठूलो खर्च लाग्ने भएकाले मेघालयमै दाहसंस्कार गरिएको मृतकका आफन्तले बताएका छन्। शव नेपाल ल्याउन सरकारी तहबाट सहयोग नपाएको उनीहरूको गुनासो छ।

कोइलाखानीभित्र भएको डाइनामाइट विस्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै तथा नरबहादुरको उपचारका क्रममा माघ २३ गते मृत्यु भएको थियो। विस्फोटमा बराहपोखरी सालघारीका ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते हुनुभएको छ। बराहपोखरी वालम्पाका ताराबल मगर भने सकुशल रहेका छन्। विस्फोटमा दर्जनौँ कामदार खानीभित्र फसेको अनुमान गरिएको छ।

यसैबीच, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको शव पनि भेटिएको छ। सुरुमा शव नभेटिए पनि केही दिनपछि शव फेला परेपछि गाउँमा काजकिरिया सुरु गरिएको स्थानीयले बताएका छन्। राईको अन्त्येष्टि भने अझै गरिएको छैन। शव उतै अन्त्येष्टि गर्ने वा गाउँ ल्याउने विषयमा आफन्तबिच छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज