Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटमा ऐतिहासिक बौद्ध संरचना फेला

Author Avatar साझा न्यूज 12th February 2026 , 12:19 PM
तिलौराकोटमा ऐतिहासिक बौद्ध संरचना फेला

काठमाडौँ, माघ २९ गते । कपिलवस्तुको तिलौराकोटमा पहिलो पटक अर्धवृत्ताकार (अप्सिडल) बौद्ध मन्दिरको संरचनासहित पूजाआजा हुने गरेको देवल (स्तूप) फेला परेको छ । पुरातत्व विभाग, लुम्बिनी विकास कोष, दुरहाम विश्वविद्यालयका पुरातत्वविद्को झन्डै चार वर्षको लामो खोज अनुसन्धानबाट अप्सिडल बौद्ध मन्दिरको भग्नावशेष फेला परेको बुधबार पत्रकार सम्मेलनमार्फत विभागले जानकारी दिएको हो ।

पुरातत्वविद् कोषप्रसाद आचार्यले दक्षिण एसियाकै उत्कृष्ट रूपमा सुरक्षित प्रारम्भिक ऐतिहासिक सहर तिलौराकोटमा पहिलो पटक अर्धवृत्ताकारको बौद्ध मन्दिर फेला परेको जानकारी दिनुभयो । उहाँले तिलौराकोटमा तेलका दियो फेला पर्नुले लामो समयसम्म तीर्थयात्री र भक्तजनका लागि निरन्तर धार्मिक अनुष्ठानको स्थान भएको सङ्केत गरेको बताउनुभयो । “मन्दिरको भवनको पूरै संरचना फेला परेको छ । त्यसभित्र फेरि बारम्बार पूजाआजा गरेको माटोको देवल फेला परेको छ । यो प्राचीन सहर छैटौँ र आठौँ शताब्दी पुरानो भन्ने गरिन्छ,” उहाँले भन्नुभयो, “फेला परेको संरचनाको विस्तृत परीक्षण गरेपछि कुन समयको पत्ता लाग्छ । त्यसपछि मात्रै भन्न सकिन्छ ।” पछिल्लो बौद्ध मन्दिर संरचना फेला परेपछि तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत हुन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“दक्षिण एसियामा अर्धवृत्ताकार मन्दिरको एक स्पष्ट वर्ग, श्रेणीको मन्दिरका रूपमा चिनिन्छ । यस्ता मन्दिरको पछिल्लो भाग अर्धवृत्ताकार हुन्छ । जसले स्मारकको धार्मिक केन्द्रलाई परिभाषित गर्छ,” विभागको विज्ञप्तिमा भनिएको छ, “अर्को छेउमा प्रवेशद्वार प्लेटफर्म रहेको हुन्छ । यस्ता मन्दिरको प्रारम्भिक उदाहरण चट्टान काटेर निर्माण गरिएका थिए भने पछिल्लो कालखण्डमा ढुङ्गा, काठ वा इँटाबाट निर्माण गरिएका स्मारक पाइन्छन् ।” यी सबै अवस्थालाई केलाउँदा तिलौराकोटमा पत्ता लागेको मन्दिरको स्मारकले उक्त संरचनालाई पछ्याउने भएकाले अप्सिडल मन्दिरको दुर्लभ उदाहरण भएको हुन सक्ने आकलन गरिएको छ । तिलौराकोटको उक्त संरचनामा १.५ मिटर चौडाइ भएका विशाल इँटाको पर्खालद्वारा ठुलो क्षेत्रफल समेटिएको छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तिलौराकोटको ऐतिहासिक खोज अनुसन्धान गर्न एक सय बिघा जग्गा अधिग्रहण गर्ने तयारी गरिए पनि ५० बिघा मात्रै अधिग्रहण गरिएको जानकारी दिनुभयो । “हामीले तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव पठाएका थियौँ । त्यसमा दुई/तीन क्षेत्रको थप खोज अनुसन्धान गर्न आग्रह गरिएको थियो,” उहाँले भन्नुभयो, “बौद्ध मन्दिरसहित पूजाआजा गरेको स्तूपसहितको ऐतिहासिक संरचना फेला परेपछि यसले सूचीकृत गर्न थप सहयोग पुग्ने विश्वास छ ।”

दुरहाम विश्वविद्यालयका प्राध्यापक रोबिन कनिङ्घमले तिलौराकोटमा फेला परेका बौद्ध मन्दिर र स्तूपलगायत सम्पूर्ण अवशेष बौद्धकालीन संरचना भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज