Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शैक्षिक गुणस्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य आवश्यकः मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 13th February 2026 , 5:31 PM
शैक्षिक गुणस्तर उकास्न शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य आवश्यकः मुख्यमन्त्री आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच परस्पर सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
छत्रदेव गाउँपालिका–१ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभएको हो ।‘तपाईंहरूले कस्तो खालको शिक्षा दिइरहनु भएको छ, ती विद्यार्थीको नतिजा कस्तो आइरहेको छ भन्ने विषयमा ध्यान दिन जरुरी छ । बोर्डिङको फेसन बढ्दै गएको छ । तर, तपाईंहरूले मेहनत गर्नुभयो भने बोर्डिङभन्दा राम्रो शिक्षा दिन सक्नुहुन्छ । यो विद्यालयलाई नमुनायोग्य बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो–‘अभिभावकहरूलाई निवेदन गर्न चाहन्छु, आफ्ना छोराछोरीको अवस्थाबारे जानकारी राख्नुपर्छ । सानो उमेरदेखि नै अनुशासित बनाउन सक्नुपर्छ । मुलुकमा अराजकता बढ्दै गइरहेको छ । सानैदेखि बालबालिकालाई नैतिकवान र अनुशासित बनाउन आवश्यक छ । बच्चालाई सानैदेखि मर्यादित र अनुशासित बनायौं भने, घर र समाज बुझायौं भने त्यो बच्चाको भविष्य उज्ज्वल हुन्छ ।’
मुख्यमन्त्री आचार्यले गाउँमा विकास पुगेकाले अब गाउँ फर्कन पनि आह्वान गर्नुभयो । विकास निर्माणको दृष्टिकोणले अर्घाखाँचीलाई अन्य पहाडी जिल्लाको तुलनामा उदाहरण दिन लायक जिल्लाका रूपमा विकास गर्दै लगिएको उल्लेख गर्दै उहाँले गाउँगाउँमा कच्ची बाटाहरू पक्की बन्दै गएको, खानेपानीका धारा पुगेको र विद्यालय तथा स्वास्थ्य चौकी स्थापना भएको बताउनुभयो ।
‘हिजो तपाईंहरूले नै गाउँमा विकास ल्याउनुपर्छ, बाटो बनाउनुपर्छ, विद्यालय खोल्नुपर्छ, स्वास्थ्य चौकी खोल्नुपर्छ भन्नुभएको थियो । अहिले ती कुराहरू पूरा हुँदै गइरहेका छन् । तर, विडम्बना गाउँ खाली हुँदै गएका छन् । घरका ढोकामा ताल्चा झुण्डिएका छन् । छानाहरू चुहिन थालेका छन् र भत्किन थालेका छन्,’ उहाँले भन्नुभयो–‘यो माटोलाई नबिर्सिनुहोस् । हिजो हाम्रा हजुरबुवा र बुवाहरूले यो ठाउँ बदल्न जुन योगदान गर्नुभयो, त्यो योगदान गाउँले बुझेको छ । समाजले भुलेको छैन । यो ठाउँलाई समृद्ध बनाउन तपाईंहरूको योगदान आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज