Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस उम्मेदवार आचार्यको यशोधरामा घरदैलो

Author Avatar साझा न्यूज 18th February 2026 , 8:02 PM
कांग्रेस उम्मेदवार आचार्यको यशोधरामा घरदैलो

कपिलवस्तु, फागुन ६ गते । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ ले आज यशोधरा गाउँपालिका वडा नं. २ गौरी र वडा नं. ३ बसन्तपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्रराज आचार्य नेतृत्वको टोलीले घरघरमा पुगेर मतदातासँग भेटघाट गर्दै पार्टीका नीति, कार्यक्रम तथा विकासका प्राथमिकताबारे जानकारी गराएको थियो।

घरदैलोका क्रममा स्थानीयवासीले विशेषगरी सडक, सिँचाइ सुविधा तथा रासायनिक मलको अभावबारे ध्यानाकर्षण गराएका थिए। समयमै सिँचाइ नहुँदा खेतीपाती प्रभावित भएको र मल अभावका कारण उत्पादन घट्दै गएको गुनासो किसानहरूले उम्मेदवारसमक्ष राखेका थिए।

यस सन्दर्भमा उम्मेदवार आचार्यले कृषकका समस्या गम्भीर र यथार्थपरक रहेको उल्लेख गर्दै आगामी दिनमा सडक तथा सिँचाइ पूर्वाधार विस्तार र मल आपूर्तिको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन सडक तथा सिँचाइ योजना अघि बढाउने र किसानलाई समयमै सहुलियत दरमा मल उपलब्ध गराउने पहल गर्ने बताउनुभयो। कृषि उत्पादन वृद्धि, लागत घटाउने र किसानको आयस्तर उकास्ने दिशामा ठोस कदम चालिने उहाँको भनाइ थियो।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, क्षेत्रीय सभापति (ख) गिर्जेशकुमार पाण्डेय, पूर्व जिल्ला उपसभापति राम आशिष पाण्डेय, पूर्व प्रदेश राज्यमन्त्री रिना नेपाल, प्रदेश सदस्य प्रेमलता भट्ट, माया ज्ञवाली, यशोधरा गाउँपालिका सभापति दिनेश कुमार पाण्डेय, महाधिवेशन प्रतिनिधि गोपी कृष्ण शर्मा लगायत इकाई सभापति तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज