Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अर्घाखाँचीमा “स्वर्ण विन्दु प्राशन” कार्यक्रम सञ्चालन हुने

Author Avatar साझा न्यूज 24th March 2026 , 11:27 AM
सप्तरीमा ८० बोरा गाँजा बरामद

प्रेमनारायण आचार्य
अर्घाखाँची १० चैत । अर्घाखाँचीमा आयुर्वेद चिकित्सा प्रणालीअन्तर्गत बालबालिकाको स्वास्थ्य सुदृढीकरणका लागि महत्वपूर्ण मानिने “स्वर्ण विन्दु प्राशन” कार्यक्रम सञ्चालन हुने भएको छ ।
जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी सुरु गरिएको यो कार्यक्रमले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि, शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ मा रहेका १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई यही चैत १४ गते, पुष्य नक्षत्रको शुभ साइत पारेर स्वर्ण विन्दु प्राशन गरिने जिल्ला आयुर्वेद कार्यालय अर्घाखाँचीका प्रमुख कमल प्रसाद आचार्यले बताएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा यस कार्यक्रमको उद्देश्य, प्रक्रिया र लाभबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङका बालरोग विशेषज्ञ डाक्टर अर्जुनराज शर्माले स्वर्ण विन्दु प्राशनको वैज्ञानिक तथा आयुर्वेदिक महत्वबारे प्रकाश पारेका थिए । स्वर्ण (सुन) र मह तथा घिउको संयोजनबाट तयार गरिने यस औषधिले बालबालिकाको स्मरण शक्ति बढाउने, बुद्धि विकासमा सहयोग गर्ने तथा मौसमी रोगसँग लड्ने क्षमता बढाउने बताए । नियमित रूपमा निश्चित समय अन्तरालमा गरिने स्वर्ण प्राशनले बालबालिकाको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गर्दछ ।
आयुर्वेद चिकित्सा पद्धतिमा हजारौँ वर्षदेखि प्रयोग हुँदै आएको स्वर्ण प्राशनलाई विशेषगरी नवजात तथा साना बालबालिकाको स्वास्थ्य प्रवद्र्धनका लागि प्रभावकारी मानिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउनुका साथै मानसिक एकाग्रता र स्मरण क्षमतामा समेत सुधार ल्याउने विश्वास छ । पछिल्लो समय आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेदप्रतिको आकर्षण बढ्दै गइरहेका बेला यस्तो कार्यक्रमले परम्परागत ज्ञानलाई व्यवहारमा उतार्न थप सहयोग पु¥याउने देखिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले आयुर्वेद अन्तर्गतको स्वर्ण विन्दु प्राशन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई जिल्लाभरका सबै पालिका र वडामा विस्तार गर्नुपर्ने धारणा राखे । परम्परागत उपचार पद्धतिलाई आधुनिक सन्दर्भसँग जोडेर जनस्वास्थ्यमा सुधार ल्याउन सकिने बताएका छन् ।
अभिमुखीकरण कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमले समुदायमा आयुर्वेदप्रति विश्वास बढाउने र बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पु¥याउने अपेक्षा व्यक्त गरेको अर्घाखाँची आयुर्वेद केन्द्रका वैद्य पशुपति मरासिनीले बताएका छन् ।
अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक समितिका सदस्य कमला खनाल भण्डारीले यस प्रकारका कार्यक्रमले आयुर्वेदप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै परम्परागत उपचार पद्धतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
अर्घाखाँचीमा सञ्चालन हुन लागेको स्वर्ण विन्दु प्राशन कार्यक्रम बालबालिकाको स्वास्थ्य सुदृढीकरणतर्फको महत्वपूर्ण पहलका रूपमा लिइएको छ । आयुर्वेदिक ज्ञान र परम्परालाई आधुनिक स्वास्थ्य अभ्याससँग जोड्दै समुदायस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको यो कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज