काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ ।
कोलकाता २९ रनले विजयी भएको हो । हिजो बेलुका इडन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २ विकेट गुमाएर २४७ रन बनाएको थियो ।
कोलकाताको जीतमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै ३५ बलमा ९३ रन बनाए । अंगकृष रघुवंशी ४४ बलमा ८२ रनमा अविजित रहे । क्यामरन ग्रीनले २८ बलमा अविजित ५२ रन बनाए ।
कोलकाताले दिएको २४८ रनको लक्ष्य पछ्याएको गुजरातले ४ विकेट गुमाएर २१८ रनमात्र बनाउन सक्यो । गुजरातका कप्तान शुभमन गिलले ४९ बलमा ८५ रन बनाए पनि जिताउन सकेनन् ।
आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात १३ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता १२ खेलमा ११ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछ । दिउँसो पौने ४ बजे पञ्जाव किङ्गस र रोयल च्यालेन्जर्स बैंग्लुरु खेल्दैछन् । त्यस्तै बेलुका पौने ८ बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।
















































